वीरगन्ज २ बैशाख ।
वीरगन्जको छपकैया स्थित सार्वजनिक पोखरीको फिल्डमा आयोजना गरिएको रोयल किक कप टि ट्वान्टी टुर्नामेन्ट प्रतियोगितामा सोमबार भएको फाईन खेलमा भारत विहार मोतिहारी जिल्लाको आमोदेही क्रिकेट क्बलले विजय हासिल गरेको छ ।
सोमबार ज्वाला डेरी क्लब छपकैया, वीरगन्ज र आमोदेही क्रिकेट क्लब विच फाईनल खेल भएको थियो । ज्वालाले टच जितेपनि फिल्डीङ्ग रोजेको थियो । आमोदेही क्लबले निर्धारित २० ओभरको खेलमा ५ विवेट गुमाएर १ सय ९८ रनको लक्ष्य लिएको थियो । ज्वालाले १९ ओभर ४ बलमै सम्पूर्ण विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सफल भएको छ । आमोदेहीले ज्वालालाई १ सय १३ रनले हराएका थिए । सबभन्दा बढी ७६ रन लिएका रवि कुमार खेलको म्यान अफ दि म्याच घोषित भएका थिए । त्यसैगरी सेमिफाईन सम्म सबभन्दा बढी १०६ रन बनाएकोमा रवि कुमार नै म्यान अफ दि सिरिज पनि घोषित भएका थिए ।
वेस्ट फिल्डर ज्वाला डेरी क्लबका राजु गुप्ता भए । गुप्ताले ९ विकेट लिएर वेस्ट फिल्डर भएका हुन । ४ वटा म्याचमा २५ रन दिएर ९ विकेट लिएका ज्वालाकै रविन्द्र कुमार वेस्ट बलर घोषित भएका थिए । त्यसैगरी वेस्ट किपर मोटिङ्ग ११ का मेराज आलम, ९७ रन बनाई वेस्ट ब्याड्स मैन ज्वालाकै प्रवेज आलम र वेस्ट क्याच गरेका अफताब घोषित भएका थिए ।
आयोजक रोयल किक कपले फाईलन विजेता आमोदेहीलाई नगद ७० हजार रुपैया, प्रमाण र सिल्ड प्रदान गरेको थियो भने, उप विजेता ज्वाला डेरी क्लबलाई नगद ३० हजार, सिल्ड र प्रमाण पत्र उपलब्ध गरी सम्मान गरेको थियो ।
वीरगन्ज २ छपकैयामा रहेको सार्वजनिक पोखरीको फिल्ड ग्राउन्डमा भएको टि ट्वान्टी टुर्नामेन्ट प्रतियोगितामा भारत नेपाल गरी विभिन्न ३२ वटा टिमको सहभागिता रहेको थियो । छपकैया पोखरी सार्वजनिक रुपमा रहेपनि भु माफियाहरुले अतिक्रमण गर्ने प्रयास गरेपनि स्थानियको अथक प्रयासमा अतिक्रमण हुन दिएका छैन ।
स्थानिय प्रमोद विक्रम शाहले २०४९ सालको गोश्वारा नापीका तत्कालिन प्रमुख संग मिलोमतो गरेर सार्वजनिक पोखरी आफनो नाममा नापीमा दर्ता गर्न सफल भएका थिए । उनले नापीकै अधारमा मालपोत कार्यालयबाट लालपुर्जा लिएर पनि स्थानियले उनी विरुद्ध दिएको उजुरीको आधारमा जिल्ला अदालत, पुनरावेदन अदालतले छपकैया पोखरीलाई पुन सार्वजनिक कायम गरेपनि सर्वोच्च अदालतका न्यायधिश हुदाँ वर्तमान प्रधानन्यायधिश चुलेन्द्र शम्शेर जबराले जिल्ला अदालत र पुनरावेदन अदालतको निर्णयलाई उल्टाउँदै एकलौटी रुपमा प्रमोद विक्रम शाहको नाममा लालपुर्जा कायम गराउन सफल भएका थिए ।
यही २०७५ साल फागुन २८ गते मन्त्रीपरिषदको बसेको बैठकले २०४८ साल यता सार्वजनिक जग्गा अधिक्रमण गरी आफना नाममा पास गराएका जग्गा पुन सार्वजनिक हुने निर्णय समेत गरी सकेको छ । यहा सम्म वीरगन्ज महानगरपालिकाको बोर्ड बैठकले समेत छपकैया पोखरीलाई सार्वजनिक भएको निर्णय समेत गरी सम्बन्धीत निकायमा समेत महानगरपालिकाको बोर्ड निर्णयको प्रतिवेदन बुझाई सकेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times