वीरगन्ज ६ बैशाख ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार बाराको विभिन्न भौतिक पूर्वाधार योजनाको शिलान्यास गर्नु भएको छ । मन्त्री सोनलले एक कार्यक्रमका विच बाराको विश्रामपुर गाउँपालिकामा छुट्टा छुट्टै निर्माण हुन लागेको करिब १२ किलो मिटर पिच बाटोको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास गर्दै मन्त्री सोनलले सडक निर्माणले बाराको दक्षिणी भेगको जनताको जनजिवन सहज हुने विश्वास लिएको बताए । उनले भने, सडकको दुरावस्थाले गर्दा यहाँको जनताको दैनिय अवस्था हुन्थ्यो, बर्षातको समयमा सडक पुरै हिलोयाम भएपछि आवत जावत पूर्ण रुपमा ठप्प हुन्थ्यो तर अहिले सडक निर्माण भएपछि यहाँको जनतालाई सहज हुने विश्वास दिएको छु ।
मधेश आन्दोलनको बेला विश्रामपुर र फेटाँ गाउँपालिकाको जनताहरु वीरगन्जमा गएर आन्दोलनलाई सफल बनाई ठूलो योगदान पु¥याएका थिए, मन्त्री सोनलले भने, त्यसको योगदानलाई कदर गरेर प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले यहाँको पूर्वाधार निर्माण गर्न प्रयाप्त रकम छुट्याएको छ, विकासमा कुनै कमि हुन दिदैनौ, प्रदेश सरकारको प्रत्यक्ष अनुभुति जनतालाई प्राप्त हुन्छ ।
स्थानिय जनताले देखेको विकास निर्माणको सपना हामी पुरौ गर्छौ, र यसको प्रारम्भ भईसकेको छ, मन्त्री सोनलले भने, तपाईहरु विकास निर्माणको योजना बनाउनुस् हामी रकम उपलब्ध गराउँछौ, विकास निर्माणमा कुनै कमि हुन दिदैनौ ।
मन्त्री सोनलले वीरगन्जको नगवादेखि विश्रामपुर, मुसरवा, कान्तीपुर वरैनिया र नीलकण्ठा सडक जोड्ने करिब ६ किलोमिटरको कालो पत्र सडक निर्माणको लागि शिलान्यास गर्नु भएको थियो । करिब ५ करोड ६९ लाख ९२ हजारको लागतमा श्री गिताञ्जली÷आजाद जे.भी निर्माण कम्पनीले २०७७ अषाढ २१ गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।
त्यसैगरी मन्त्री सोनलले आजै नेशनल मेडिकल कलेज, वीरगन्ज देखि विश्रामपुरईटियाही, चिलझप्टीफुलवरीया हुदै फेटा जाने सडकको शिलान्यास गर्नु भएको हो । यसको ठेक्का पनि श्री गिताञ्जली÷आजाद जे.भी निर्माण व्यवसायीले लिएको छ । करिब साढे ६ किलो मिटरको सडक निर्माण गर्न निर्माण कम्पनीले ६ करोड २२ लाख ७७ हजारमा ठेक्का सकार गरेको छ । निर्माण कम्पनीले यो पनि सडक २०७७ अषाढ २१ गते भित्र निर्माण सम्पन्न गर्ने छ ।
शिलान्यास कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकबाल अंसारी, विश्रामपुर गाउँपालिकाका प्रमुख अमिरी पाल, परवानीपुर गाउँपालिकाका प्रमुख हरीनारायाण साह, प्रसौनी गाउँपालिका प्रमुख भोला साह, वडा अध्यक्ष द्धय अजय गुप्ता, भोला साह सोनार, पार्टीका क्षेत्रिय सभापती सिताराम गुप्ता, विश्रामपुर गाउँपालिकाका प्रभावकाशि युवा नेता जुबेर भाई, श्री गिताञ्जली निर्माण व्यवसायीका संचालक रामबाबु राउत, भौतिव विकास कार्यालय पर्साका प्रमुख संजय साह लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times