बीरगंज २३ बैशाख ।
५ औं अन्तर्राष्ट्रिय सडक सुरक्षा दिवस अन्र्तगत आजबाट वीरगंजमा वीरगञ्जमा साता व्यापी कार्यक्रम शुरु भएको छ । साता व्यापी कार्यक्रमको आज पहिलो दिन आज जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्साले प्याब्सन एनप्याब्सन स“गको समन्वयमा वीरगञ्जको घण्टाघर स्थित विपी उद्यान पार्कमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत दिवसको अवसरमा ‘दुर्घटना घटाऔं, मान्छे बचाऔं’ भन्ने नाराका सात दिनसम्म सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जिल्ल ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक रेवती ढकालले मानिसको पहिलो आवश्यकता भौतिक सुरक्षा भएको बताउनुभयो । कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका निर्देशक प्राध्यापक डा. दिपक शाक्य, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, दिलीप राज कार्की लगायतले सडकमा हिड्दा, सवारी चलाउ“दा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन आग्रह गर्नु भयो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पर्चा पम्पलेट वितरण गर्ने, सडक फर्निचर राख्ने, चालक सह चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी दिने, सडक प्रयोगकर्ताहरुलाई सचेतनामुलक कक्षा सञ्चालन गर्ने, स्कुल तथा कलेजहरुमा गई विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षाका बारेमा कक्षा सञ्चालन गर्ने लगायतका कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राज कुमार सिंहले जानकारी दिनुभयो । पर्सा जिल्लामा राजमार्ग क्षेत्र बाहेकमा आर्थिक वर्ष ०७३÷७४ मा २५, ०७४÷७५ मा ३० जना र ०७५÷७६ मा १६ जनाको मृत्यु भईसकेको तथ्याङक ट्राफिक प्रहरीको छ । सयौं घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय