पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट अहिले ठुलो मात्रामा कपडाको तस्करी भईरहेको खबर विभिन्न संञ्चार माध्यममा आए पनि सम्बन्धित निकायले यस तर्फ ध्यान नदिनु ठुलै चलखेल हुन सक्ने आशंका गर्न थालिएको छ ।पर्सा जिल्लाको वीरगंज भन्सारको मेनबाटो बाट हुने गरेको तस्करी हालको दिनमा सो क्षेत्रमा खटेका शसस्त्र प्रहरीले कडाई गरेपछि तस्करहरु अहिले ग्रामिण भेगका नाकाहरुबाट तस्करीको माल समानहरु ओसार पोसार गरिरहेका छन ।तस्करहरुले भारतिय सिमावर्ती सहर रक्सौलबाट सर्टिड्ड—सुर्टिड्डका कपडा खरिद गरी वीरगंज महानगरपालिकाको अलौ र कोनियाको बाटो हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन भने मरिच र केराउ, साईकल र मोटरसाईकलमा लोड गरी नेपाल बाट भारत तर्फ ओसार पोसार गरिरहेका छन ।तस्करहरुले वीरगंज महनगरपालिकाको अलौ नाकाबाट ब्यापक रुपमा मरिच, र केराउको तस्करी गरिरहेका छन । सिमामा खटेका प्रहरीहरुकै संरक्षणमा रात भरी केराउको तस्करी भईरहेको एक प्रहरी अधिकृतले बताए । नेपाल र भारतको सीमा संगै टासिएको अलौ नाकाबाट प्रहरीहरुकै सहयोगमा मरिच र केराउको तस्करी तिब्र रुपले बढेको हो । बिगतको दिनमा पर्साको अमरपटीबाट केराउको तस्करी भएपनि हालको समयमा केराउ तस्करी गर्नको लागि अलौ नाकालाई तस्कर संगठनहरुले प्रयोग गर्दै आएका हुन ।केही दिन अगाडीबाट केराउ तस्करी रुकेपनि पुनः नेपाल प्रहरीकै सहयोगमा सुचारु भएको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेर सीमा नाकामा खटेका प्रहरीहरु समेत तस्करी वापत मोटो रकमको नजराना बुझेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकाल र क्राईमटोलीले मोटो रकमको नजराना बुझी लाइन दिए पश्चात वीरगंजदेखी अलौ नाकासम्म नेपाल प्रहरी र शसस्त्र प्रहरीको सबै युनिट र प्रदेश नम्बर २ का डिआईजीको नाममा समेत रकम उठाइसकेको श्रोतकोदावी छ । प्रहरी उपरीक्षक ढकाल रकम उठाएर केराउको लाइन दिएपनि प्रदेशको टोलीका कारण ३ दिन काम चल्न सकेको थिएन ।तर प्रदेशबाट खटिएका प्रहरी निरीक्षकको टोली डिआईजी पालको नाममा ५ लाख नजराना बुझे पश्चात ३ दिनपछि कार्य सुचारु भएको बुझिन्छ ।साइकल र मोटरसाइकलको माध्यमले दिनहु करिब ५ टनसम्म केराउ भारत पुग्ने गरेको एक जना भारतीय नागरिकले बताएका छन् । तलदेखी माथिल्लो निकायसम्म नजराना बुझाए पश्चात केराउको तस्करी कार्य सुचारु भएको बुझिन्छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल र वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर मल्ललाई खबर गरेपनि मौन रहेका छन् । पर्सा जिल्लामा भईरहेको तस्करीलाई नियन्त्रण गर्न नसकेको माथिलो निकाय पनि तस्करहरुको जालोमा फसेको आशंका हुन थालेको छ । प्रदेश प्रहरीले भन्सार क्षेत्र लगायत सिमावर्ती नाकाहरुमा चोरी पैठारी नियन्त्रण गर्न केही दिन पहिला कडाई गरेपनि हालको दिनमा चुपचाप बस्नुले गम्भिर प्रश्न खडा गरेको छ । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको लाखौको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी हुनु बिडम्बनाको विषय बनेको छ ।

ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times