राम कुशवाहा
वीरगंज १७ जेठ ।
पर्सा जिल्लाको ग्रामीण भेगका नाकाहरु बाट अहिले व्यापक मात्रामा गिट्टि बालुवाको तस्करी भईरहेको पाईएको छ । जिल्लाबाट भईरहेको संस्थागत तस्करीमा प्रदेश प्रहरी कार्यालयले कडाई गरेपछि तस्करहरुले अहिले ग्रामिण नाकालाई आफनो कार्य थलो बनाएका छन । ग्रामिण भेगको सिमा नाकामा रहेको प्रहरी चौकी टिहुकी र प्रहरी चौकी बुढगाईबाट दिउसै मटर, मरिच, कपडा, खाद्यान्य गिट्टि, बालुवा, पत्थल कोईला, डिजल, पेट्रौलको तस्करी भईरहेको स्थानिय बताउछन । भारतिय सिकटा बजार बाट शर्टिड्ड शुर्टिड्डको कपडा, सेलर ब्राण्ड, खाद्यान्य,खरिद गरी सिमा नाकामा खटेका प्रहरीलाई प्रलोभनमापारी अवैद्य रुपले नेपाल भित्रियाईरहेका छन । भने नेपालबाट बुढगाई र टिहुकीको नाका प्रयोगगरी गिट्टी, बालुवा, मटर केराउ, मरिच, डिजल, पेट्रौल, चाईनिज स्याउ भारत तर्फ तस्करी गरिरहेका छन । भारतिय बजार सिक्टाका व्यापारी मौजिलाल, पप्पु, राजेश भन्नेले ब्राण्डको तस्करी गर्दै छन भने, भारतिय बजार सिक्टाकै दिपु पाणेले पत्थर कोईलाको तस्करी गर्दै आईरहेका छन । त्यसैगरी सो नाकाबाट डोमा साह, अजय, असोक रौनियारले गिट्टि, बालुवाको तस्करी गराईरहेका छन । त्यसैगरी भिस्वा बजारका लडु साह कानुले चाईनिज स्याउको नोपल बाट भारत तर्फ तस्करी गर्दै आईरहेका छन । चाईनिज स्याउ बुढगाईको नाका भएर पिकअप गाडीमा दिनभरीमा आठ टिप नौ टिप लैजाने गरेको एक तस्करले बताए ।सिमानाकामा खटेका प्रहरीहरुले खुल्ला सिमानाको फाईदा उठाईरहेका छन । प्रहरी चौकी बुढगाईका प्रहरी सहायक निरिक्षक बुद्धी राई र प्रहरी चौकी टिहुकीका प्रहरी सहायक निरिक्षक हरेन्द्र साहले लाखौको महिनावारी बुझी तस्करीको लाईन दिएको पाईएको छ । प्रहरी चौकी बुढगाईका प्रहरी सहायक निरिक्षक बुद्धी राई र प्रहरी चौकी टिहुकीका प्रहरी सहायक निरिक्षक हरेन्द्र साहले तस्करहरु संग दिनभर उठ बस गरेको कारण सिमानाकालाई तस्करकै जिम्मा दिएको प्रहरी श्रोतको दावी छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले जिल्लामा हुने गरेको भन्सारबाट अवैद्य सामान चोरी पैठारीमा नियन्त्रण गर्ने तर्फ मात्र केन्द्रित हुदा ग्रामिण भेगको सिमा नाकाहरुमा रहेका प्रहरी चौकीका ईन्चार्जहरुको मनोबल बढेको हो ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times