राम कुशवाहा
वीरंज २५ जेठ ।
नेपाल सरकारले विषेस गरी नेपाल शसस्त्र प्रहरी बललाई बोर्डर नाकामा हुने गरेको राजश्व चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि शसस्त्र प्रहरीले त्यसको ठिक विपरित अवैध कारोबार गर्ने कारोबारीहरु संग साठगाठ गरी आर्थिक संकलन तर्फ केन्द्रित रहेको पाईएको छ ।शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट पकहामैनपुरले तस्करहरुलाई संरक्षण दिई लाखौ रकम असुली गरिरहेको खबर प्राप्त भएको छ । सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोर्डर नाकामा खटेका शसस्त्र प्रहरीहरुले तस्करहरु संग महिनावारी बुझी तस्करी धन्दालाई सहज बनाईदिएका छन । पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने पकहामैनपुरको खुल्ला सिमानाकाको फाईदा उठाउदै तस्करहरुले शसस्त्र प्रहरीलाई आर्थिक प्रलोभनमापारी सो सिमानाकामा पर्ने भारतिय सिमावर्ती शहर भेलाहीबाट अवैध कपडा, हार्डवेयर र ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, र मदिराको व्यापक मात्रामा तस्करी भईरहेको स्थानिय बासी बताउछन ।त्यसैगरी नेपालबाट सो नाका भएर व्यापक मात्रामा मरिच, केराउ, गिट्टि, बालुवाको तस्करी भईरहेको छ । सो नाकाबाट अवैध सामान ओसार पोसार गर्ने मोहन, सोहन, दिपेन्द्र, भगत, नगिना, नागा, जटहा भन्ने व्यापारीहरुले शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट पकहामैनपुरका शसस्त्र प्रहरी निरिक्षक चाम नारायण महतोलाई लाखौको महिनावारी बुझाई तस्करी धन्दालाई निर्वाद रुपमा संचालन गरेका छन । पकहामैनपुरको नाकाबाट दिपेन्द्र भन्नेले कपडाको तस्करी गरिरहेका छन भने, सोहन भन्नेले नेपालबाट भारततर्फ गिट्टि, बालुवाको तस्करी गरीरहेका छन । गिट्टि, बालुवाको तस्करी गर्ने सोहनले प्रती ट्रेक्टर १ हजारको दरले शसस्त्र विओपी पकहामैनपुरका शसस्त्र प्रहरी निरिक्षक चाम नारायाण महतोलाइ दिने गरेको एक व्यापारीले बताए ।पकहामैनपुरको नाका भएर भगत, नागा, नगिना, जटहा भन्ने व्यापारीहरुले शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट पकहामैनपुरका शसस्त्र प्रहरी निरिक्षक चाम नारायाण महतोलाई महिनावारी फिक्स गरेपछि निर्वाद रुपमा तस्करी गरिरहेको श्रोतको दावी छ ।पकहामैनपुरका स्थानियहरुका अनुसार साझ परेपछि तस्करहरुको नाकामा चहलपहल बढने गरेको र रात भरी, बिहान सम्म अवैध माल समान ओसार पोसार हुने गरेको बताउछन । तस्करलाई संरक्षण गरी शसस्त्र प्रहरीले सो नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गरिरहेका छन । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय