वीरगञ्ज, २ श्रावण – लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा सचेत युवाहरुको एक समुहले आज वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनको विरुद्धमा चर्को नाराबाजी सहित प्रदर्शन भएको थियो । युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं २ का उपाध्यक्ष कमल पिठाकाटे मगर, विधार्थी नेताहर निखील वर्णवाल, बद्री तिवारी,बालमिकी यादव, थारु अगुवा प्रकाश थारु, युवा समाजिक अभियन्ता कमल चौगाई, दलित अगुवा मनोज राम, मुस्लिम युवा नेता शेख मुन्ना, विधार्थी नेतृ राधा चौधरी, ज्योति साह लगायतका वक्ताहरुले प्रदर्शन पछि आयोजीत कोणसभालाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै विधार्थी नेता बरनवाल ले यो विज्ञापन संघीयता माथी प्रहार भएको बताए उनले विश्वकै उत्कृत संविधान भन्नेहरु संविधान कै विरुद्ध एउटा संवैधानिक अंगले संविधानको मर्यादा विपरीत कदम बढाउनु देशको लागि ठूलो दुर्भाग्यपूर्ण कार्य हो।
यहाँबाट संघीय सरकारको महिला, मधेशी, थारु र आदिवासीजनजाति लगायत अल्पसंख्यक समुदायहरु प्रतिको विभेद छर्लंग भएको छ ।
. नेपालको संविधान २०७२ को भाग-२३ को धारा २४४ को उप-धारा १ अनुसार हरेक प्रदेशमा प्रादेशिक लोकसेवाको व्यवस्था हुनेछ भनेर तोकिएको छ । र त्यही अनुसार प्रदेश-२ को सरकारद्वारा प्रादेशिक लोक सेवा र प्रदेश निजामती कर्मचारीसम्बन्धी विधेयक सदनमा विचारधीन अवस्था रहेको बेला संघीय मंत्रीपरिषदको निर्णय अनुसार स्थानीय तहको लागि विज्ञापन आह्वान गर्नु संघीयतामाथि आक्रमण भएको मान्छु म।
महान मधेशी सहिदहरुको वरदान संघीयता माथि बारम्बार आक्रमण हुँदा मधेशका युवाहरु धेरै बेर छुप लागेर बस्न सक्दैनन । काठमाण्डौंमा मधेशी युवाहरुद्वारा भईरहेको संघर्ष प्रति मेरो एकता। यस्तो ‘ब्लंडर’ लाई छिटो भन्दा छिटो नसच्चाय वीरगंजमा हामी आंदोलन गर्न तैयार छौं ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकसेवाको विज्ञापन शोसित उत्पीडीत समुदायलाई राज्यको मुलधारबाट वञ्चीत गर्ने सुनुयोजित षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए ।विज्ञापन नसच्याए वीरगञ्जबाट अर्को जनआन्दोलनको बिगुल फुँक्ने उद्घोष गरे ।
आन्दोलन समितीले शुक्रबार बेलुका ५ बजे घण्टाघरमा संघीय मामिला मन्त्री लालबाबु पण्डित तथा लोकसेवा आयोग प्रमुख उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक ओमप्रकाश सर्राफले बताएका छन् ।कार्यक्रमको सहजीकरण सञ्चारकर्मी हेमन्त तामांगले गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times