वीरगज २१ साउन ।
पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं २५ सिर्सियाको घर जग्गा रोका राखेर मधेशी भएकै कारण सुकुम्बासी बनाउन खोजेको आरोप लगाएका छन । आज बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले लगभग २ वर्ष देखी घर जग्गा रोका राखेर अधिग्रहणको नाममा उठिबास लगाउन खोजेको आरोप लगाएका हुन । मधेशी भएकै कारण विना क्षतिपुर्ती घर,घडेरी, जग्गा सबै रोक लगाएका कारण स्थानिय कुनै पनि व्यापार व्यवसाय वा छोरी बेटीको विवाहका लागी समेत ऋर्ण लिन नसक्ने अवस्थामा बनाएको प्रति सांसद यादवले दुःख व्यक्त गरेका थिए । नेपाल सरकारले नया“ आईसिपी संगसंगै स्र्माट सिटि बनाउनु पर्ने अवधारणा अघि सारेको थियो तर कुनै काम नै अगाडी नबढाई स्थानिय माथी आर्थिक नाकाबन्दी गरेको उनको आरोप थियो । स्र्माट सिटि बनाउनु परे त्यसको विस्तृत काम अगाडी बढाउनु पर्ने हैन भन्ने किनबेच फुकुवा गर्नु पर्ने नेपाल सरकार समक्ष मागं गरेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times