बीरगंज १३ भदौ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले आजबाट प्रदेश नम्बर २ मै पहिलो पटक ओपन हट सर्जरी अर्थात मुटुको शल्यक्रिया सफल रुपमा सम्पन्न गरेको छ । नेशनल मेडिकल कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरि वारा फेटा गाउँपालिका वडा नम्बर ३ निवासी ५८ बर्षिय हादिस मिया अन्सारीको ओपन हट सर्जरी अर्थात मुटुको शल्यक्रिया गरिएको मेडिकल कलेजका निर्देशक आविद हुसेन अन्सारीले जानकारी दिनु भयो । मियाको हृदय घातको कारण मुटुको ३ वटा नसा ब्लक भएको र उनको इमरजेन्सी एन्जियो ग्राफि गरी ओपन हट सर्जरीबाट मुटुको ब्लक हटाएर सफल शल्यक्रिया गरेको बरिष्ठ मुटु रोग विशेषज्ञ जितेन्द्र मिश्रले जानकारी दिनुभयो । गरिव असहायहरुलाई मुटु रोग उपचारका लागि असम्भव जस्तै रहेको अवस्थामा मियाको निःशुल्क रुपमा उपचार गरिएको अस्पतालका निर्देशक प्रमोद सर्राफले जानकारी दिनुभयो । ओपन हट सर्जरीको अप्रेशन गर्दा काठमाण्डौमा ८÷१० लाख लाग्ने र भारतमा १५÷२० लाख रुपैया लाग्ने गरेकोमा वीरगंजमै उपचार हुँदा ३ लाखमै सो सुविधा प्रदान गरिने वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अफरोज अन्सारीले जानकारी दिनुभयो । नेपाल सरकारले मुटु तथा मृगौला रोगीहरुका लागि प्रदान गर्दै आएको १ लाख रुपैयाको सुविधा मेडिकल कलेज शिक्षण अस्पताललाई उपलब्ध गराए अझ प्रभावकारी सेवा सर्वसधारणले पाउने दावी अस्पतालका निर्देशक प्रमोद सर्राफले गर्नु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times