बीरगंज १३ भदौ ।
राष्ट्रिय जनता पार्टीका महासचिव राजेशमान सिहले वीरगज महानगरपालिकाले राजपाको नाम बेचेर नक्कली प्रेस विज्ञप्तीजारी गरेको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव सिहले राजपाका पर्सा अध्यक्ष जगदिश पटेलद्धारा जारी गरेको प्रेस बिज्ञप्तीमा गरेको हस्ताक्षर नक्कली रहेको बताउनु भयो । चक्रिय प्रणाली अनुसार पटेल अहिले जिल्ला अध्यक्ष नरहेको तथा पटेल अहिले भारतमा रहेकोले उनको नाउमा प्रेस बिज्ञप्ती जारी गर्नु खेदपुर्ण भएको बताउनु भयो । सिहले राजपाको सबै नेताहरुको उपस्तिथीमा भएको निर्णय अनुसार सिगो पार्टीले वीरगजमा बिरोध प्रर्दशन गरेको जानकारी गराउदै जगदिश पटेल सम्पर्कमा आएपछि पर्सा जिल्ला कमिटीले कारवाही गर्ने जानकारी दिनु भयो ।
राजपा पर्साको नाममा हिजो जारी भएको प्रेश बिज्ञप्ती वीरगज महानगरको ईमेलबाट चारैतिर पठाएकोले यो काण्डमा बिजय सरावगीले ठुलो भुमिका रहेकोे समेत महासचिव सिंहले बताउनु भयो । उहाले पर्सामा पार्टीका ठुला नेताहरु बिरोध कार्यक्रममा सहभागी रहेकोले पार्टीको निर्णय, पुर्वनिर्धारित कार्यक्रम अनुसार बिरोध सभा तथा ¥यालीको आयोजना गरिएको बताउनु भयो । पत्रकार समेल्लनमा बोल्दै अर्का महासचिव निजामुदिन समानीले तस्बिर बिगारेको भन्दै जिल्ला प्रशासन कार्यलय पर्साले विहिवार जारी गरेको प्रेस बिज्ञप्ती खेद पूर्ण रहेको बताउनु भयो । राजनीती हिसावले प्रधानमन्त्रिलाई समेत पुत्ला बनाई जलाउने कार्य गर्दा अन्य पार्टीको बिरोध नगर्ने तर प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले मेयरको पुतला बनाउदा फौजदारी अभियोग अन्तरगत कारवाही गर्ने चेतावनी दिनु दुःखदायि भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा पार्टीका नेता प्रेमबाबु पटेल लगायत अन्य नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियोे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times