वीरगञ्ज,२० भाद्र ।
एसीड प्र्रहारबाट एकाविहानै घाइते भएकी छात्राको उपचारका लागी संघिय सांसद प्रदिप यादवले ५० हजार सहयोग गरेका छन । त्रिभुवन उच्चमावी कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ बर्षीय मुस्कान खातुन माथी दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए । तत्कालै उनको उपचारका लागी नारायणी अस्पतालमा लगिएपनि अवस्था गम्भीर भएकोले थप उपचारको लागी सांसद यादवको सहयोगमा काठमाण्डौ रेफर गरिएको हो । नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले एसीड पिडीत छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए । काठमाण्डौमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुने छ । छात्राको एसिड प्रहारले शरिरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट मुख,हात, छाती पाखुरामा गम्भिर घाउ भएको छ । घटनामा सम्लग्न छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अन्य दुई युवकलाई प्रहरीले खोजी रहेको प्रहरीले जनाएको छ । सांसद यादवले छात्रामाथी भएको घटना दुख्द भएको र घटनामा संलग्नहरुमाथी ज्यान मार्ने मुद्दा चलाई आवश्यक कार्यवाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिनु भयो । अस्पतालमा सहयोग गर्ने बेला संसदीय प्रतिनिधी घन्श्याम गुप्ता, समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, समाजवादी विधार्थी युनियनका जिल्ला अध्यक्ष एजाजÞ बाबु, ईकाइ अध्यक्ष हरिन्द्र साह लगाएत रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय