राम कुशवाहा
वीरगंज २ असोज ।
चाडपर्व नजिकिदै गर्दा सिमानाकाबाट तस्करी सुरु भए संगै सिमामा खटेका प्रहरीहरुलाई दशै लागेको आभास हुन थालेको छ ।नेपालीहरुको महान चाड“ पर्व दशै“ नजिकिदै गर्दा सिमानाकाबाट अहिले तस्करी धन्दा सुरु भएको हो । पर्सा जिल्लाको अलौ र कोनिया नाकाबाट अहिले व्यापक मात्रामा कपडा, हार्डवेयर, सर्टिङ—सुटिङको कपडा, मोटरपार्टस, लगायतका सामाग्रीहरुको तस्करी भईरहेको छ । तस्करहरुले नेपाल सरकारको राजश्व छल्न सिमानाकामा खटेका प्रहरीहरुलाई आर्थिक प्रलोभनमापारी निर्विवाद रुपमा तस्करी धन्दा सुरु गरेका छन ।तस्करहरुले सिमावर्ती शहर रक्सौलबाट कपडा, हार्डवेयर, सर्टिङ—सुटिङको कपडा, मोटरपार्टस, लगायतका सामानहरु खरिद गरी वीरगंज महानगरपालिकाको अलौ र कोनिया नाकाबाट प्रहरीको सहयोगमा रातीको समयमा नेपाल तर्फ भित्रियाईरहेका छन । कपडाको अवैध ओसार पोसार गर्ने सरोज नाम गरेका व्यापारीले अलौनाकाबाट रातीको समयमा ८ ओटा मोटरसाईकलमा १६ ओटा कपडाको पोका लोड गरी बाराको जितपुर बजार सम्म पु¥याउने गरेको प्रहरी श्रोतको दावी छ । अलौनाकाबाट अवैध सामान ओसार पोसार गर्ने व्यापारीहरुले प्रहरी चौकी अलौ, सशस्त्र वेस क्याम्प अलौ, श्रीपुर वडा प्रहरी कार्यालय बाट खटने ‘क्यु आर टि’ टोलीलाई महिनावारी दिने गरेको एक व्यापारीले नाम नछापने सर्तमा बताए ।यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times