बीरगंज ६ असोज ।
पर्साको पटेर्वासुगौली गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरीले वीरगन्जमा बसेर कमिसनको आधारमा गांउपालिकाका विकास निमार्ण सम्बन्धि योजनाहरुको बांडफंड गर्ने गरेको रहस्य सार्वजनिक भएको छ । अधिकृत चौधरीको हालै बझाङ्ग जिल्लाको हिमानी गांउपालिकामा सरुवा भएपनि ठेकेदारको मिलोमतोमा कमिसनको लागि गांउपालिकाका योजनाहरुको धमाधम सम्झौता गरेको आरोप गांउपालिकाका जनप्रतिनिधिहरुले लगाएका छन । एक प्रतिनीधिका अनुसार चौधरीले वीरगजमा नै बसेर चालुआर्थीक बर्षको योजनाहरु धमाधम रुपमा सम्झौता गर्ने गरेका छन । कार्यालय प्रमुख चौधरीले कोठामा गरेको सम्झौतालाई गाउपालिकाले कुनै पनि हालतमा मान्यता नदिने गाउपालिकाका उपाध्यक्ष ममता चौधरीले बताउनुभयो । सरुवा भएको कर्मचारीले जथाभावी सम्झौता तथा कार्यआदेश दिएपनि त्यसलाई स्विकार्य नहुने र यस सम्बन्धि कार्यपालिकाको बैठकबाट समाधान गरिने उपाध्यक्ष चौधरीले बताउनुभयो । लामो समयदेखी कार्यालय नआएका प्रमुख प्रशासकिय अधिकृत चौधरी यता केही दिनदेखी लगातार आउने गरेको उहांले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय