राम कुशवाहा
वीरगंज ७ असोज ।
पर्सा प्रहरीले जिल्लाको अमरपट्टि र झौवाबाट ठुलो मात्रामा प्रतिबन्धित भारतिय ब्वाइलर कुखुराको चल्ला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध शाखाबाट खटेको टोलीले बिन्दवासिनी गाउपालिकाको वडा नं ४ अमरपट्टी र झौवाबाट मंगलबार बिहान ३ बजे प्रतिबन्धित भारतिय ब्वाइलर कुखुराको चल्ला बरामद गरेको हो । प्रहरीले बिषेश सुचनाको आधारमा भारत बाट नेपालको बाटो हुदै आएको अवैध भारतिय ब्वाइलर कुखुराको चल्ला ५ हजार ५ सय ४४ गोटा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठौरले जानकारी दिनु भयो । पक्राउ गरिएको भारतिय अवैध चल्ला आवश्यक कारवाहीका लागी पशु क्वारेन्टाईन चेकपोष्ट सिर्सियामा बुझाईएको एसपी राठौरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय