पोखरिया असोज , २६ गते ।
पर्साको कालीकामाई गँंउपालिका वडा नम्बर ३ हरिहरपुर विर्तामा आइतवार देखि प्रथम हरिहरपुर विर्ता गोल्ड कप फुटबल प्रतियोगिता शुुरु भएको छ । गाउपालिकाको सहयोग तथा बजरंग युवा स्पोर्टस क्लबको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले गर्नु भयो । प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्रीले हरिहरपुर विर्तामा रहेको खेल मैदानलाई रंगशालाको रुपमा विकाश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । मुख्यमन्त्री गदीले प्रदेश सरकारले प्रारम्भीक कामको लागि यस वर्ष २५ लाख बजेट प्रदान गर्ने जानकारी दिनु भयो । खेलको विकाशले समाजिक परिवर्तन सम्भव भएको ग्रामिण भेगमा पनि स्तरिय रंगशालाको आवश्यक्तामा मुख्यमन्त्रीले जोड दिनु भयो । वडा अध्यक्ष सन्जय पटेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश सांसदहरु सिंहासन साह कलवार , करिमा बेगम , र भीमा यादव , पोखरिया नगरपालिकाका मेयर दिप नरायण प्रसाद रौनियार , समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव , जिल्ला सचिव तबरेज अहमद , कालिकामाई गँउपालिकाका उपप्रमुख राजेश चौरसीया , कालिकामाई गँउपालिकाका वडा अध्यक्षहरु पवन तिवारी , हरिओम साह ,सोनालाल चौरसिया लगायतको उपस्थिती रहेको थियो ।
उद्घाटन खेलमा वीरगन्ज युनिटी विजयी
प्रतियोगिताको उद्घाटन खेलमा वीरगन्ज युनिटी क्लब र हेटौडा ११ बीच भएको खेलमा बीरगन्ज युनिटी क्लब शुन्यका विरुद्ध ५ गोलगरि विजयी भएको छ । कात्तिक ४ गते सम्म सन्चालन हुने प्रतियोगितामा पर्सा , बारा , रौतहट , महोत्तरी र मकवानपुरका गरि कुल आठ टिमले भाग लिएका छन् । प्रतियोगीताको उपाधी विजेता टिमले नगद एक लाख र् उपविजेता टिमले नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजक बजरंग युवा क्लबले जानकारी दिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times