बिरगंज २९ असोज ।
राष्ट्रिय जनता पार्टी नेपाल पर्साले प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहको रिहाईको माग गर्दै वीरगन्जकाे अादर्शनगरमा रहेकाे बुद्ध एयरकाे कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको छ ।
राजपा नेपाल बीरगंज महानगर कार्य समिति ,युवा महानगर कार्य समिति, युवा दस्ता कार्य समिति एवम् राष्ट्रिय विधार्थी संघ काे नेतृत्वमा सयौंको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरूले सासंदको रिहाइको लागि नाराबाजी गरेका छन् ।कार्यक्रममा महानगर अध्यक्ष लियाकत अली,नेता राजकुमार सर्राफ, युवा दस्ता अध्यक्ष बिष्णु पटेल, महानगर युवा अध्यक्ष राजु गुप्ता, ठाकुर राम बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष अमित यादव ,सचिव सगिरअली, राष्ट्रिय बिधार्थी संघका जिल्ला उपाध्यक्ष सुमित चौरसिया, बिधार्थी नेताहरू रवि चौरसिया , हरि यादव, अनिश कुशवाहा, युवा नेताहरू उमेश गुप्ता, सुजीत झा, साहिल खुर्शिद, राजा ठकुराई, लालु ठकुराई, अफताब हुसेन, अरेश अाजम, सज्जाद हुसेन लगायतको उपस्थिति रहेको थियोे ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times