बीरगंज ४ कार्तिक ।
पकाहा मैनपुर गांउपालिकाका उपाध्यक्ष कुसुमी देवी सहित जनप्रतिनिधिहरुले गांउपालिकाको गांउ परिषद बहिष्कार गर्ने बताएका छन । उपाध्यक्ष कुसुमी सहितका जनप्रतिनिधिहरुले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज पत्रकार सम्मेलन गरी पांच सुत्रिय मांग राख्दै गांउ परिषद बहिष्कार गर्ने बताएका हुन । आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालन भएका विकास निर्माण, धारा जडान, एम्बुलेन्स मर्मत, नियुक्तीको खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ती गर्नुपर्ने लगायतका मांग राखी आंउदो ८ गते हुने गांउ परिषद बहिष्कार गर्ने पत्रकार सम्मेलनमा उपाध्यक्ष कुसुमी देवीले बताउनुभयो । उहांले गांउपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई विकास निर्माणको गतिविधिहरु वेभसाईटमा राख्न भनिएपनि अहिलेसम्म नराख्दै अटेरी गरेकोले गांउ परिषदमा सहभागी नहुने बताउनुभयो । पत्रकार सम्मलेनमा एम्बुलेन्स मर्मतमा खर्च गरिएपनि सञ्चालनमा नआएकोले पांच लाख अनियमितता भएको दाबी गरेका छन । कार्यपालिका सदस्य महमद जाकिर हुसेन, शिला देवी लगायत वडा सदस्यहरुले गांउ परिषदमा सहभागी नहुने बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times