वीरगंज १० मंसिर ।
नेपाल विधार्थी संघ पर्साले वीरगंज महानगरपालिका चिनिमिल आवास क्षेत्र नजिक रहेको गुरुकुल एकेडेमीमा आज ताला बन्दी गरेको छ । नेपाल विधार्थी संघ जिल्ला कार्य समिति पर्साका उपाध्यक्ष बिकेश पटेलको नेतृत्वमा गएका नेवि संघका युवाहरुले गुरुकुल एकेडेमीमा ताला बन्दी गरेका हुन । नेवि संघ पर्साले मंसिर १ गते गुरुकुल एकेडेमीमा भईरहेको अनियमिता तथा कक्षा ९ र १० का बिधार्थीहरु संग रजिष्ट्रेश्न शुल्क र परिक्षा शुल्कको नाममा तीन गुणा बढि शुल्क असुल्दै आएको र सो स्कुलमा अध्यनरत बिधार्थीहरु सित चैत्र मसान्त सम्मको महिना शुल्क र यातायात शुल्क एक मुष्ट कार्तिक महिनामै जवरजस्ती तिराउदै आएकोले सम्बन्धित निकाय लाई जानकारी गराउदा पनि बेवास्ता गरेकोले ताला बन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गुरुकुल स्कुलको अनियमितता बारे जिल्ला प्रशासन कार्यालय पर्सा तथा वीरगंज महानगरपालिका शिक्षा शाखामा ज्ञापन दिदा“ अहिले सम्म कुनै सुनवाई नभएकोले बाध्य भएर ताला बन्दी गर्नु परेको नेविसंघ पर्साका उपाध्यक्ष बिकेश पटेलले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times