पोखरिया , मंसिर २३ गते ।
पोखरिया नगरपालिकाको समग्र विकाकोलागि संघिय सरकारलाई ध्यानाकर्षण गराउन काठमाण्डौ गएको टोलीले आज स्वास्थ , संघिय मालिका तथा समान्य प्रशासन तथा संस्कृती प्रयटन तथा नागरिक उडयन मन्त्रालयमा पुगी मंत्रीहरु संग छलफल गरेको छ । पोखरिया अस्पताललाई जिल्ला स्तिरिय अस्पताल बनाउने तथा चिकित्सक उपल्बद्ध गराउने विषयमा टोलीले स्वास्थ मन्त्री भानुभक्त ढकाल संग छलफल गरेको हो । पोखरिया अस्पतालकालागि आवश्यक साधन, चिकित्सक उपल्बद्ध गराउने मन्त्री ढकालले बताउनु भयो । पोखरिया अस्पतालको जिल्ला अस्पतालमा स्तरोन्तीकोलागि प्रदेश सरकारमा पहल गर्न समेत संघिय स्वास्थ मन्त्री ढकालले सुझाव दिनु भयो ।
यसैगरि पोखरिया नगरपालिकामा लामो समयदेखी प्रमुख कार्यकारी अधिकृत नभएकोले विकाशको कार्य अगाडी बढन नसकेको अवस्थापनि चाडै अन्त हुने संघिय मामिला तथा समान्य प्रशासन मन्त्री ह्देश त्रिपाठीले बताउनु भयो । पोखरिया नगर प्रमुख दिपनरायण रौनियारले संघिय मामिला तथा समान्य प्रशासन सम्बन्धी कर्मचारी समस्या, तराई मधेश समृद्धी विकाश योजनाका बिषयमा मन्त्री त्रिपाठीलाई अवगत गराउनु भएको थियो । मन्त्री त्रिपाठीले पोखरिया नगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत तथा एक जना इन्जिनियर पाठाउने बताउनु भयो । उहाले पोखरियामा तराइ मधेश समृद्धी योजना अन्तर्गत आउदो आर्थिक वर्षमा योजना पढाउने समेत बताउनु भयो ।
यसैगरि पोखरियाको समृद्धीकोलागि राजधानी पुगेको टोलीले संस्कृती , पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्राई भेटेर पोखरिया शिव मन्दीर, तथा नगरपालिकामा रमणीय पोखरी निर्माणकोलागि तयार भएको डिपीआरबारे अवगत गराइएको हो । मन्त्री भट्राईले मांग निवेदन सहित डिपिआर दर्ता गराई एक साता पछि यसबारे आवश्यक निर्णय गरिने बताउनु भयो । पोखरियाबाट राजधानी पुगेको टोलीमा पूर्व सांसद , संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रदुुमन चौहान , बिचारी यादव , प्रदेश सांसद प्रशलाद गिरी , पोखरिया नगर प्रमुख दिपनरायण रौनियार , उपप्रमुख सलमा खातुन नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी , वडा अध्यक्षहरु बन्का राउत कुर्मी , अजय कलवार , सुरेन्द्र यादव , लक्षमण साह कानु , किशोरी साह तेली , रामबाबु चौहान , सोनालाल साह गोड लगायतको सहभागिता रहेको छ । टोलीले भोली गृह, भुमी सुधार , तथा अर्थ मन्त्रालयमा मनत्रीहरु संग छलफल गर्ने छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times