वीरगंज ११ पुस ।
पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट अहिले व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ । वीरगंज महानगरपालिका वडा नं १६ मा पर्ने प्रहरी चौकी ईनर्वा गाउ, प्रहरी चौकी भकुवा, प्रहरी चौकी छपकैयाको नाका प्रयोग गरी तस्करहरुले व्यापक मात्रामा तस्करीका अवैध माल समान ओसार पोसार गरिरहेका छन र सो तस्करहरुबाट आर्थिक लेनदेन भने विर्ता वडा प्रहरी कार्यालयमा भईरहेको खबर प्राप्त भएको छ । विर्ता वडा प्रहरी कार्यालयबाट खटने टाईगर टोलीका हवल्दार राम सोगारत यादवले तस्करहरु संग प्रहरी चौकीमै महिना असुलने गरेका छन । तस्करहरुले वीरगंज भन्सार, ईनर्वा गाउ“, छपकैया, भकुवा लगायतका नाका बाट दिनहु भारत बाट सर्टिड्ड सुर्टिड्डका कपडा, हार्डवेयरका पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, भारतिय चामल साईकल, मोटरसाईकल, अटो—रिक्सा, टाड्डा मार्फत अवैध रुपमा सिमामा खटेका प्रहरीहरुको मिलेमतोमा नेपाल तर्फ भित्रियाईरहेका छन भने, नेपाल बाट सोही नाका हुदै मरिच, केराउ व्यापक मात्रामा भारत तर्फ तस्करी गरिरहेका छन । एक दर्जन भन्दा बढि संख्यामा रहेका अवैध माल समान ओसार पोसार गर्ने तस्करहरु वीरगंज महानगरको नगवा, ईर्नवा गाउ, भकुवा, छपकैया नाकाबाट हुने तस्करीको महिनावारी विर्ता वडा प्रहरी कार्यालयबाट टाईगर टोलीमा खटने राम सोगारत यादवलाई बुझाउने गरेको एक जना तस्करले बताए ।तस्करहरुले जिल्ला प्रहरी, क्राईम शाखा, प्रदेश प्रहरीको भाग पनि टाईगरमा खटने राम सोगारत यादवलाई नै बुझाउने गरेको र राम सोगारत यादव मार्फत तस्करीको रकम प्रहरी युनिटमा पठाउने गरेको श्रोतको दावी छ ।विर्ता वडा प्रहरी कार्यालयबाट टाईगर टोलीमा खटने प्रहरी हवल्दार राम सोगारत यादवले प्रदेश प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीको नाममा पनि तस्करहरु संग महिनावारी असुल्ने गरेको एक जना तस्करले नाम नछापने सर्तमा बताए ।अहिले सोनाकाबाट प्रहरीहरुकै मिलेमतोमा दिनहु तस्करी भईरहदा पनि सम्बन्धित निकायले ध्यान नदिनु शंकाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय