राम कुशवाहा
वीरगंज ८ माघ ।
वडा प्रहरी कार्यालय श्रीपुरले भुजाको बिलबिजक भएको पिकअप गाडीबाट १६ क्विन्टल छोकडा बरामद गरेको छ ।बिषेश सुचनाको आधारमा प्रहरीले वीरगंज महानगरपालिकाको जगरनाथपुर गाउपालिकाको बहुअरी, परवानीपुर सडक खण्डबाट वीरगंज हुदै पोखरिया तर्फ गईरहेको भुजाको बिलबिजक भएको ना ५ च ३२४५ नम्बरको पिकअप गाडी बाट ३२ बोरा छोकडा ‘१६ क्विन्टल’ बरामद गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिनु भयो ।प्रहरीका अनुसार पिकअप गाडीको बाहिर भागमा भुजा र भित्रि भागमा छोकडा भेटिएपछि नियन्णमा लिएका हौ । प्रहरीले छोकडा, पिकअप गाडी सहित एकजना लाई नियन्त्रणमा लिएको छ ।पक्राउ परेको पिकअप गाडी र छोकडा बिहिबार वीरगंज भन्सारमा बुझाउने प्र.नि. दिपक साहले बताउनु भयो । तस्करहरुले प्रहरीकै सेटिङगमा वीरगंजबाट मटर, मरिच, छोकडा, विभिन्न सवारी साधनमा लोड गरी ग्रामिण भेगका सिमानाकाहरुबाट प्रहरी प्रशासनको मिलोमतोमा भारत तर्फ ओसार पोसार गर्दै आई रहेका छन । यता वडा प्रहरी कार्यालय श्रीपुरले समातेको छोकडाको, तस्करीको लाईन, जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम शाखाका घुमुवाहरुले दिएको श्रोतको दावी छ । वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छोकडा तस्करीको लागी ग्रामिण भेग हुदै भारत तर्फ ओसार पोसार गर्न लाई एक व्यापारीले पर्सा क्राईम शाखालाई ५ लाख रुपैयाको महिनावारी बुझाई सकेको जानकारी प्राप्त भएको छ ।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरीले छोकडा बोकेको पिकअप गाडी नियन्णत्रमा लिएर आउदै गर्दा एक जना व्यापरीले ती प्रहरीहरुलाई क्राईम शाखाका एक जना प्रहरी संग फोनमा कुुरा गर्न भनिरहेका थिए तर ती व्यापरीको कुरा नसुनी वप्रकाका प्रहरीले छोकडा बोकेको पिकअप गाडी वप्रका श्रीपुरमा बुझाएका थिए ।पर्सा क्राईम शाखा अपराध नियन्त्रण भन्दा पनि तस्करहरु संग साठगाठ गरी तस्करी गराउनमा ध्यान केन्द्रित गरेको पाईएको छ । यस विषयमा माथिलो निकायको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय