बीरगंज २३ माघ ।
पर्साको ग्रामीण क्षेत्रका अधिकांश पेट्रोल पम्पहरुले आयल निगमबाट प्राप्त तेल भारत तर्फ तस्करी गर्ने र पम्पमा भने डिजल, पेट्रोल छैन भनि बोर्ड झुण्डयाउने गरेका छन् । विगत केहि दिन यता भारतमा इन्धनको मुल्य पुनः बढेपछि नेपालबाट पेट्रोलियम पदार्थको तस्करीमा बृद्धि भएको छ । नेपाली तथा भारतीय तस्कर समूहले दैनिक हजारौं लिटर पेट्रोल र डिजेल भारतीय बजारसम्म पुर्याउने गरेका छन् । विशेष गरी पर्साको ग्रामिण क्षेत्रमा रहेका पेट्रोल पम्पहरुबाट तस्करहरुले पोखरीया, अलौं, भिस्वा, जानकीटोला, दशौता, पाडेपुर, पिडारीगुठी, महादेव पट्टी, सुवर्णपुर, बिजयबस्तीका नाका भएर इन्धन भारतीय बजार धुमाटाड, भंगहा, इनर्वा, मैनाटाड तथा सिकटा सम्म पुग्ने गरेको छ । तस्करहरुले साइकल, मोटर साइकल तथा ट्याक्टरमा इन्धन भरिएका ड्रम तथा ग्यालेन भारतसम्म पुर्याउने गरेका पाइएको छ । कतिपय तस्करहरुले मोटरसाइकलको ट्याकीं र ढिकीमा पेट्रोल भरी भारत लैजाने गरेका स्थानियले बताएका छन । नेपाली बजारमा पेट्रोल प्रति लिटर १ सय ८ रुपैया र डिजेल प्रति लिटर ९७ रुपैया रहेको छ । उता भारतीय बजारमा पेट्रोल प्रति लिटर नेपाली १२५ र डिजेल प्रति लिटर नेपाली ११४ रुपैया पर्ने गर्दछ । पेट्रोल र डिजेलमा प्रति लिटर १७ रुपैया नेपालमा सस्तो पर्ने भएपछि सिमावर्ती भारतीय बजारमा इन्धनको तस्करी हुने गरेको स्थानिय वासिन्दाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय