बीरगंज ७ फागुन ।
नेपाली जुत्ता चप्पल गुणस्तरीय र बलियो भएपछि यस तर्फ भारतीय उपभोक्ताहरुको समेत आकर्षण बढदै गएको छ । विगत एक महिना देखि बीरगंजमा जारी ‘फुटवेयर एक्सपो–२०७६’ को घण्टाघरको विपि पार्कमा रहेको प्रदर्शनी स्थलमा नेपाली उपभोक्तासँगै सीमावर्ती भारतीय उपभोक्ताहरुको भिड थामी नसक्नु रहेको छ । बीरगंज लगायत सिमावर्ती बजारमा भारतीय जुत्ता चप्पलको प्रभाव लाई तोडदै अहिले नेपाली जुत्ताचप्पलले यस प्रदर्शनी मार्फत आफनो बलियो उपस्थिति देखाएको नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताउनु भयो । नेपाली जुत्ताचप्पलको डिजाइन र गुणस्तरले अहिले भारतीय ग्राहकलाई आकर्षित गरिरेहेको र दैनिक १ हजार भन्दा बढी भारतीय ग्राहक प्रदर्शनी स्थलमा आउने गरेको उपाध्यायले बताउनु भयो । प्रदर्शन स्थलमा जुत्ताचप्पलमा नेपालमा नाम चलेका सातवटा उद्योगको सहभागिता रहेको छ । गत माघ ६ गतेबाट शुरु भएको जुत्ता चप्पल मेलामा हाल सम्म १ लाख भन्दा बढी उपभोक्ताहरुले मेलाको अवलोकन गरि सकेको र दैनिक ५÷६ लाखको हाराहारी जुत्ताचप्पल विक्री भई रहेको उपाध्यायले बताउनुभयो । यसैविच उपभोक्ताहरुको आकर्षण बढदै गएपछि मेला आयोजकले मेला चल्ने अवधि समेत दुई दिन थप गरेका छन । फागुन ८ गतेसम्म चल्ने भनिएको मेलाको अवधि बढाएर ११ गते सम्म पुर्याईएको आयोजक नेपाली जुताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times