बीरगंज ।
वीरगंज महानगरपालिकाबाट चालू आर्थिक बर्ष मध्ये २ सय १३ दिनका लागि सवारी व्यवस्थापन सेवा शुल्क उठाउन ठेक्का लिएका ठेकेदार कम्पनीले अनियमित ढङ्गले रकम असुल गरिरहेको पाइएको छ । वीरगंज महानगरपालिकासँग ठेक्का सकार गरेका वीरगंज–२१ का वडाध्यक्ष हबिब मियाँको छोरा एजाजुल मियाँको नाममा दर्ता रहेको एच एन्ड जे टे«डर्सले अनाधिकृत रुपमा रकम असुल गरिरहेको पाइएको छ । सो सम्बन्धमा वीरगंज महानगरपालिकाले गलत ढङ्गबाट रकम नउठाउन अहिलेसम्म तीनवटा पत्राचार गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण महतोले बताउनु भयो । सम्झौता अनुसार भारतीय साना सवारीसँग रकम उठाउन नियम नभए पनि उनीहरुले जबरजस्ती रकम उठाइरहेको भन्दै प्रहरीले पनि दुईपटक ठेकेदारका मान्छेलाई पक्राउ गरेको थियो । सम्झौतामा भार बोकेको विदेशी गाडीसँगमात्र शुल्क निर्धारण गरेको छ तर ठेकेदार कम्पनीले निजी गाडी आउँदा १ सय रुपैया उठाइरहेको पाइएको छ । सो सम्बन्धमा दर्जनौं उजुरी परेको छ । नियम अनुसार त्रिभुवन राजपथमा शुल्क उठाउन नपाइने भएपनि ठेकेदारले रकम उठाइरहेको छ । गत वर्षको तुलनामा महानगरपालिकाले चालू आर्थिक बर्षमा शुल्क वृद्धि गरेको भन्दै टयाड्ढर व्यवसायी सङ्घले पनि विरोध जनाएको थियो । ट्याड्ढर व्यवसायी तथा ठूला गाडीधनीहरुले पनि सो कर खारेज गर्नुपर्ने माग गर्दै काठमाडौं पुगेको जानकारी प्राप्त भएको छ । महानगरपालिकाको लापरवाहीका कारण ठेकेदार कम्पनीले मनपरी ढङ्गले रकम असुल गरिरहेको यातायात व्यवसायीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय