बीरगन्ज, फागुन २० गते ।
विश्वभरि कोभिड १९ नोबेल कोरोना भारस तिब्रगतिमा विस्तार भइरहेको अवस्थामा मुख्य नाका भएको पर्सा जिल्लामा स्थानिय प्रशासनले उच्च सर्तकता अपनाउन निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकार वाला निकायको बैठकले सिमा नाकामा उच्च सतर्कता अपनाउनुका साथै जिल्लामा ठुला मेला महत्सव गर्ने अनुमती नदिने निर्णय गरेको छ । ठुलो संख्यामा भिडभाड हुने कार्यक्रम गर्न नहुने , होलीको अवसरमा जमघट हुनेगरि सार्वजनिक कार्यक्रमहरु गर्न नदिने, नेपाल भारतको मुख्य सिमा नाका शंकराचार्य गेट नजिकै राखिएको हेल्प डेस्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लगायतका निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए । जिल्ला भरिका सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना संक्रमणको आशंका देखिने विरामीलाई छुटै वार्डमा राखि उपचार गर्न सकिने व्यवस्था मिलाउन स्थानिय प्रशासनले निर्देशन समेत दिएको छ ।
कोरोनाबाट जोगिन चेतना मुलक तथा बचावका उपाएबारे विभिन्न सुचना तथा जानकारी प्रवाह गर्ने जिल्लाका स्थानिय तहलाई आग्रह गरिने निर्णय भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्की , बीरगन्ज महानगरका निमित कार्यकारी अधिकृत अरुण महतो , पर्सा प्रहरी उपरिक्षक गंगा पन्त , सशस्त्र प्रहरी उपरिक्षक दिेपेन्द्र कुवर , स्वास्थ निरिक्षक अधिकृत जयमोद ठाकुर , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय