पोखरिया, फागुन २२ गते ।
पोखरिया नगरपालिकामा विगत ६ महिना अगाडी बालक अब्दुल्लाहको हत्या प्रकरणमा गहन छानबीन गरि सत्य तथ्य बाहिर ल्याउने पर्साका एसपी गंगा पन्तले बताउनु भएको छ । अब्दुल्लाहको शव बरामद भएको पोखरी लगायत घटना संग सम्बन्धीत ठाउको आज अनुगमन गर्दै पन्तले घटनाको रह्षय चाडै बाहिर आउने विश्वास व्यक्त गर्नुभयो । घटनामा अनुसंधानलाई तिब्र पार्न एसपी पन्तले निर्देशन पनि दिनु भएको छ ।
पर्सा प्रहरी उपरिक्षक पन्तले आफनै कार्यकाल मै घटनाको अनुसंधान पुरागरि सत्य कुरो बाहिर ल्याउने पिडित परिवारलाई आश्वासन दिनु भयो । अनुगमनको क्रममा पोखरिया नगर प्रमुख दिप नरायण रौनियार, घटनाको अनुसंधान अधिकृत इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र सिंह , पिडित परिवार लगायत स्थानिय जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
पोखरीया नगरपालिका वडा नम्बर ५ निवासी शिक्षक गन्नी अन्सारीको १५ वर्षिय छोरा अब्दुल्लाह वितेको असोज १९ गते घरबाट हराएको र असोज २१ गते घर नजिकै रहेको पोखरीबाट उसको शव फेला परेको थियो । शवको अवस्था तथा केहि महिना पश्चात पोखरीको डिलबाट बरामद लत्ता कपडाको स्थितीले घटना सुनयोजित भएको देखिन्छ । त्यसैगरि पोष्टमार्टम रिपोर्ट र विभिन्न प्रयोगातमक परिक्षण आपसमा बाझिनुले पनि घटना नियोजित अपराध नै भएको प्रष्ट भएको अवस्थामा पनि प्रहरीले हाल सम्म दोषी पता लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय