फागुन २६ वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा पर्ने वीरगंज महानगरपालिका वडा नं. १५ लक्षमुणवामा सांसद प्रदिप यादवको संसदिय कोष स्थानिय पुर्वाधार बिकास साझेदारी कोषबाट निर्मित धर्मशालाको शिलन्यास गरेका हुन् ।
पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद यादवले सोमबार बिहान एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरी धर्मशालाको शिलन्यास गरेका हुन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदीय कोषबाट रु २० लाखको लागतमा धर्मशाला निर्माण कार्यको शिलन्यास गरिएको हो ।
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादव धर्मशालाले समाजिक संस्कृति सम्बन्धलाई बलियो बनाउनमा टेवा पु¥याउने बताए । उनले समाजिक, धार्मिक, संस्कृति र ऐतिहासिक सम्बन्धलाई अझै प्रमाढ बनाउन धर्मशालाको धेरै नै महत्व रहेको विश्वास व्यक्त गरे ।
उनले धर्मशालाले विभिन्न बिबाह, महोत्सव, समाजिक तथा धार्मिक संस्कृति कार्यक्रमको साथ साथै गरिब, विपन्न र दलित परिवारको बिबाहमा समेत खुशियाली प्रदान गर्न निकै ठुलो भूमिका हुने बताए ।
शिलन्यास कार्यक्रममा समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वर यादव,जिल्ला सदस्य रमेश यादव,समाजवादी विधार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पस का अध्यक्ष हरिन्द्र साह लगायत स्थानीय वासीको बाक्लो उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times