राम कुशवाहा
बीरगंज १० चैत । वडा प्रहरी कार्यालय श्रीपुरले कोरोना भाईरस रोकथामका लागी साबुन पानीले हाथ धुनलाई धारा जडान गरी साबुन पानीले हात धुने व्यवस्था मिलाएको छ ।
विश्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण गर्नको लागी नियमित रुपमा साबुन पानीले हाथ धुनलाई वडा प्रहरी कार्यालय श्रीपुरको वडा एरियामा पर्ने विभिन्न चौकहरुमा धारा जडान गरी साबुन तथा पानीको व्यवस्था गरेको हो ।
कोरोनाको संक्रमण बाट बच्न् साबुन पानीले हाथ धोएर कुनै काम गर्न विज्ञहरूले सुझाव दिईरहेको बेला वडा प्रहरी कार्यालय श्रीपुरले वडा एरियाको विभिन्न व्यस्त चौकमा बटुवा तथा अन्य सर्वसाधारणका लागी यस्तो व्यवस्था गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी सहायक निरिक्षक राम प्रवेश भारतीले बताए ।
बजारमा किनमेल तथा अन्य कुनै काम प्रयोजनका लागी आउने बटुवा, अटोरिक्सा चालक सर्वसाधारण लगाएतले यसको प्रयोग गर्न सक्ने असई भारतीले बताए ।
हामीले गर्ने सानो—सानो यस्ता खाले प्रयास बाट ठुलो महामारीको रुपमा देखिएको कोरोना भाईरस बाट बच्न् सक्छौ ।
कोरोनाबाट बचाउका लागी बीरगञ्जको अन्य व्यस्त ठाउहरुमा समेत सरकार तथा निजी स्तरबाट पनी यस्तो व्यवस्था गर्न सके कोरोनाको प्रभाव कम गर्न मदत पुग्ने स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय