राम कुशवाहा
वीरगंज १५ चैत ।
सरकारकोे निर्णय अनुसार आज पाचौ दिन पनि पूरै देश लकडाउन भएको छ । गत चैत ११ गतेदेखि १८ गतेसम्म देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र हवाई जहाज चल्न नदिने निर्णय अनुसार लकडाउन सुरु भएको हो । यसैबिच एक साताको लकडाउनको आज पाचौे दिन बारा पर्सा रौतहट लगायत प्रदेशका अन्य जिल्लाहरु पूर्ण रुपले बन्द रहेको छ । यता विरगंज बजार पनि बिहानै देखी पूर्ण रुपले बन्द रहता नगर तरकारी बजार तथा खद्यानको पसलहरुमा समान किन्नेहरुको भिड बढेको छ । लकडाउनको कारण दैनिक उपभोगका समानहरु आपुर्ती हुन नसक्दा खद्यान लगााएत अधिकास समानहरुको खरिद बिक्रिमा कालोबजारी समेत हुने गरेको छ । लकडाउनको क्रममा सम्पूर्ण पसल तथा होटेलहरु बन्द गरिएका छ भने अत्यावश्यक औषधी, दूध तथा ग्यासका पसलहरु भने खुलेका छन । बजारमा मानिसको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिती रहेको छ । बिरामी, औषधी तथा खाद्यान्न किनमेल गर्न निस्किएका स्थानीयलाई प्रहरीले केही सहुलियत प्रदान गरेको छ । लकडाउनको बेला घुमफिरका उदेश्यले निस्कनेहरुप्रति भने सुरक्षाकर्मीहरु कडा रुपमा प्रस्तुत भएका छन् । एम्बुलेन्स, औषधी, दुधको गाडी रोक लगाइएको छैन । कोराना त्रासका कारण स्थानीयहरु घर भन्दा बाहिर निस्किीएका थिएन्न । अत्यावश्यक यातायातका साधन बाहेक अरु सबै सेवाहरु ठप्प रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो । जिल्लाको प्रत्येक चौक चौकमा प्रहरी खटाईएको छ । यता दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्नेहरुका लागि लकडाउन दैवको बज्रपात जस्तै बनेको छ । त्यस्तै कोरोनाको जोखिमका बेला अति विपन्न पिछडिएका समुदायलाई कारोना माहामारीको संक्रमणबाट कसरी सुरक्षित बस्ने र सर्तकता अपनाउने बारे जनचेतना जगाउन आवश्यक देखिएको छ । सोही कुरा लाई मध्य नजर गरी राष्ट्रिय जन्ता पार्टी वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले पिछडिएर रहेका समुदायमा मास्क तथा डेटौल साबुन वितरण गरेका छन् । कोरोना संक्रमणको जोखिमबाट बाच्नका लागि मास्क र साबुन वितरण गरेको सर्राफले बताए । सर्राफले सो बस्तीमा रहेका पिछडिएका समुदाय बालबालिकालाई साबुन पानीले हात धोएर खाना खाने वा अन्य कुनै काम गर्ने र मास्क अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेका थिए ।
साथै कोरोना भाईरसको संक्रमण बाट जोगिने उपाय बारे सचेतना पनि गरेको उनको भनाई रहेको छ । नेता सर्राफले वीरगञ्ज महानगरपालिका वडा नं ११, १५ र १६ मा रहेको दलित बस्तीहरुमा कोरोना सम्बन्धी जागरुकता तथा लकडाउनका बेला पालना गर्नुपर्ने नियमहरु बारे जाानकारी गराएका थिए । नेता सर्राफले लगातार आठौ“ दिन महानगरमा रहेका दलित बस्तीहरुमा गई मास्क, साबुन वितरण तथा कोरोना भाईरस सम्बन्धि जागरुक गराईरहेको युवा नेता सर्राफको भनाई रहेको छ । भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले दैनिक रुपमा वीरगंज महानगरपालिकाको विभिन्न ठाउमा बस्ने अति विपन्न,पिछडिएका समुदायहरु समक्षपुगी कोरोना भाईरसको संक्रमणबारे जनचेतना जगाउने, साबुन तथा मास्क वितरण गर्ने कार्य निरन्तर जारी राख्ने नेता ओम प्रकाश सर्राफले बताए ।