जनकपुरधाम, २० चैत्र । विश्वभरी नै कोरोना भाइरस महामारी को रूप लीइ सकेको छ । कोरोना संक्रमण के चपेट मा परी विश्व कै अर्थतन्त्र तहस नहस हुन पुगेको छ । अति नै तीब्र गति ले मानव देखी मानव मा फैलाने यो सरुवा रोग को कारण नेपाल सँगै विश्व कै लगभग हरेक देशमा ४/५ हप्ता देखी लकडाउन या त पूर्णत बन्द अवस्था मा छ ।
आर्थिक, सामाजिक आपत परेको यो महासंकट को समय मा नेपाल को कुंवारी बैंक, प्रदेश – २ को कोरोना भाइरस संक्रमण, रोकथाम, नियंत्रण तथा उपचार कोष मा रु. १००००००/- (आपरेक्षी रु. दश लाख ) सहयोग गरेको छ । कुमारी बैंक द्वारा गरिएको आर्थिक सहयोग को मानवीय पहल मा कुमारी बैंक प्रदेश-२ का प्रमुख सिद्धार्थ सिंह को बिशेष भूमिका रह्यो । कोरोना भाइरस देश र प्रदेश को लागी महासंकट हो , संकट को यो समय मा कुमारी बैंक प्रदेश -२ सरकार सँगै छ र भबिष्यमा पनि हुनेछ, प्रमुख सिंह ले भन्नु भयो ।
आज जनकपुर स्थित मुख्यमंत्री कार्यालय मा सोशल डिस्टेंसिंग को मर्यादा कायम गर्दै भेंटघाट कार्यक्रम भयो। सोही कार्यक्रम मा कुमारी बैंक प्रदेश-२ का संचालक अधिकृत रंजीत कुमार यादव उपरोक्त रकम बराबर को चेक मुख्यमंत्री लालबाबू राउत गद्दी लाई हस्तांतरण गर्नु भयो । यो भेटघाट कार्यक्रम मा कुमारी बैंक जनकपुर शाखा का शाखा प्रबंधक संजय कुमार कर्ण को पनि उपस्थित थियो ।