
वीरगञ्ज ८ बैशाख । राजपा महानगर कमिटीका अध्यक्ष तथा युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा सोमबार पनि राहत वितरण गरिएको छ । लकडाउनका कारण प्रभावित निम्न आय भएका, विपन्न, गरिब तथा डेरा गरि बस्ने बासिन्दाहरुलाई राहत प्रदान गरिएको हो । मदन गुप्ता, जसपाल सिंह, विक्की सर्राफ लगायतका समाजसेवीहरुको सहयोगमा सोमबार वीरगञ्जस्थित वडा नं १५ र १६ मा राहत बाडिएको हो । करिब ६० घरपरिवारलाई १० किलो चामल, दाल, आलु, लगायतका साम्रगी राहत स्वरुप बाँडिएको युवा नेता सर्राफले जनाएका छन् । वडा नं १५ र १६ का राहत पुग्न नसकेका स्थानहरुमा आफुहरुले राहत बाँडेको अभियन्ताकिशु सर्राफले जानकारी गराए । लगातार राहत वितरणको सोमबार तीन दिन पुरा भएको छ । यसभन्दा अगाडी सर्राफले करिब ५ हजार भन्दा बढि मास्क र साबुन वितरण गरिसकेका छन् ।