राम कुशवाहा
वीरगंज ५ असार ।
लकडाउन अवधी भरको बिधुत महसुल मिनाहको मागं गर्दै नेपाल बिधार्थी संघ पर्साले नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र वीरगंजमा आज ज्ञापन पत्र बुझाएको छ ।बिधुत महसुल मिनाहको मागं गर्दै नेपाल विधार्थी संघ पर्साका उपाध्यक्ष विकेस पटेलको नेतृत्वमा गएको नेवीसंघका युवाहरुले वीरगंज वितरण केन्द्रका प्रमुखलाई भेटी ज्ञापन पत्र बुझाएका छन ।
कोभिड १९ को कारणले २०७६ चैत ११ गते बाट गरिएको लकडाउनको कारण स—साना उद्योगी, व्यापारी वर्ग, तथा दैनिकि ज्यालादारीमा काम गर्ने सर्वसाधारण जन्तालाई दिनहु जिवन यापन गर्न समेत समस्या भईरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणद्धारा असुल्न लगाईएको विजुली शुल्क लकडाउन अवधी भरको लागी छुट गरी किसान, व्यापारी,गद्योगी तथा आम नागरिक माथी उपकार गरिदिन प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । जन्तालाई खान लाउन समेत अफटयारो परेको बेला विजुलीको कडा शुल्क तिर्न अत्यन्तै जटिल समस्या आएको हुनाले हाम्रो मागंलाई तुरुन्तै कार्यन्वयन गर्न अनुरोध गर्दछौ नेवी संघ पर्साद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ । यथासिर्घ हाम्रो मागं पुरा नगरिए हामी सडक आन्दोलन गर्न बाध्य हुने नेवी संघ पर्साका उपाध्यक्ष विकेस पटेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु