राम कुशवाहा
बीरगंज ११ असार ।
कोरोना भाइरस कोभिड(१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले सिमा क्षेत्र सिल गरेको भए पनि पर्साको अलौ, सिर्सिया र कोनिया नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा व्यापक रुपमा तस्करी भई रहेको छ । सिमा सुरक्षाको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा पर्साको अलौ, सिर्सिया, कोनिया सिमा नाकाबाट व्यापक रुपमा तस्करी भई रहेको हो । लकडाउनमा सबैको ध्यान केन्द्रित भएकै बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिमा क्षेत्रका युनिटहरुले ठूलो परिणाममा तस्करी गराई रहेको श्रोतले जनाएको छ । वीरगंजको अलौ नाकाबाट भिखारी भन्ने व्यापारीले भारतबाट हाडएवेयरको ओसार पोसार गरी नेपाल तर्फको सिवानटोलामा राख्ने गरेका छन भने त्यसैगरी सरोज भन्ने जितपुरका व्यापारीले अलौ कोनिया नदिको छेउको बाटोबाट भारतिय कपडाको तस्करी गरिरहेका छन । भारतबाट तस्करी गरी ल्याइएको कपडा पर्साको अलौ र कोनियाको नाकाहुदै सिधै अलौ, सिर्सिया बाट परवानीपुर हुदै जितपुर जाने भएको हु“दा अहिले वीरगंज बजारमा भन्दा जीतपुर बजारमा सस्तो मुल्यमा मालसामान पाउने भएपछि नारायणघाट, हेटौडाबाट वीरगंज आउने उपभोक्ताहरु उतै रोकिने गरेका छन् । तस्करीको लाईन सुचारु गर्न हार्डवेयरको तस्करी गर्ने भिखारी र कपडाको तस्करी गर्ने सरोज भन्नेले प्रहरी चौकी चण्डाल चौक अलौका चौकी ईन्चार्ज, शसस्त्र प्रहरी बेस क्याम्प अलौका प्रहरी निरिक्षक, वडा प्रहरी कार्यालय श्रीपुरबाट खटने टाईगर टोलीका हवल्दार उमेश प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटने टाईगर टोलीका ईन्र्चाज, पर्सा क्राईम शाखाका प्रहरी निरिक्षक रवि भुणष यादवलाई महिनावारी बुझाएपछि तस्करी संचालनमा आएको हो । त्यसैगरी अवैध रुपमा उत्पादीत विशाक्त घरेलु मदिरा सेवन बाट जनकपुरमा दर्जनौ व्यक्तीको मृत्यु भएपछि प्रहरीले दुई नम्बर प्रदेश भरी नै अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भटीहरु नष्ट गर्ने अभियान चालेर सयौ भन्दा बढी भटीहरु नष्ट गरेको थियो । लकडाउन भन्दा अगावै पर्सा प्रहरीले पनि पर्साको विभिन्न ठाउहरुमा अवैध रुपमा सञ्चालनमा रहेको मदिरा भटीहरु अभियान नै चलाएर नष्ट गरेको थियो । तर लकडाउनका कारण अवैध मदिरा उत्पादन गर्ने भटी नष्ट गर्ने अभियान रोकिदा पुन अवैध मदिरा भटीहरु सञ्चालनमा आएका छन । वीरगंज महानगरपालिकाको रानीघाटमा ३ वटा अवैध मदिरा उत्पादन गर्ने भटी सञ्चालनमा आएको स्थानीय बताउछन । रानीघाटका लामा थर भएका व्यत्तीले लकडाउन सुरु भएदेखिनै अवैध मदिरा भटी सञ्चालन गरेर उत्पादन गर्ने गरेको स्थानीय बताउछन । लकडाउन अगावै स्थानीय प्रहरी चौकी रानीघाट, जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले अभियान अन्तर्गत नै उक्त मदिरा भटीहरु नष्ट गरेको थियो तर लकडाउन सुरु भए संगै पुन सञ्चालनमा आएको ३ वटै मदिरा भटीलाई भने प्रहरी संरक्षण पाएको एक स्थानीयले बताए । अवैध मदिरा भटी सञ्चालन गरेवापत स्थानीय प्रहरी चौकी रानीघाट, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटने टाईगर टोली, वडा प्रहरी कार्यालय श्रीपुरबाट खटने टाईगर टोलीले प्रत्येक मदिरा भटीवाला संग २० हजार, २५ हजारका दरले रुपैया लिने गरेको नाम नछाप्ने सर्तमा एक भटी सञ्चालकले बताए । ३ वटा मदिरा भटी सञ्चालन गरेवापत महिनाको ३० हजार रुपैया दिने गरेकाले नै होला उनीहरुको भटी सञ्चालनमा रहेको एक स्थानीयले गुनासो गरे ।यस विषयमा सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times