राम कुशवाहा
बीरगंज १९ असार ।
रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नमबर–२ महादेवपट्टिबाट २३ वर्षीय अविनाश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रिरहेको छ । लकडाउनका कारण भारतीय व्यापारीहरुसँग रहेको लाखौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरुबाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ । प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।
यसैगरी रौतहट प्रहरीले ईशनाथ नगरपालिका ३ स्थित एउटा ट्याक्टरमा भारत तर्फ लगीरहेको अवस्थामा ८ लाख मुल्य भन्दा बढीको बिभिन्न ब्राण्डका नेपाली मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजपुर बाट मठिया हुँदै ना५त २५५८ नम्बरको ट्याक्टरमा ८लाख ५२ हजार मुल्य बराबरको बिभिन्न ब्राण्डको मदिरा भारत तर्फ लगीरहेको अवस्थामा रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ निवासी सरोज पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय पथलैया पठाईने रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिनुयो । प्रदेश २ का प्रहरी प्रमुखको रुपमा डिआईजी धिरजप्रताप सिंहको आगमन पछि रौतहटमा तस्कर तथा हुण्डी कारोबारी माझ खैलाबैला मच्चिएको छ । त्यसैगरी प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले पर्सा र बारामा तस्करी फस्टाएको भनि जानकारी आईरहेकोले सो क्षेत्रका सिमा प्रहरी चौकीहरु हाम्रो निगरानीमा रहेको बताएका छन । र तस्करीमा संग्लनता भेटिए तत्काल कार्यवाही गर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय