वीरगंज । पहिरोले मुलुकका विभिन्‍न स्थानका सडक अवरुद्ध भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिङ-नारायणघाट खण्डको चारकिलो भन्‍ने स्थानमा आज बिहानदेखि अविरल वर्षाका कारण पहिरो झरेर सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

रसुवा, गोसाईंकुण्ड गाउँपालिका ३, कुलुङ पुलस्थित स्याँफ्रुबेंसी-टिमुरे पासाङ ल्हामु खण्ड आइतबार साँझदेखि पहिरोका कारण अवरोध भएको छ । प्रहरी चौकी स्याँफ्रुबेंसीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।लमजुङ, मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेमा आइतबार साँझदेखि पहिरो आई बेंसीसहर-मनाङ खण्ड पूर्ण रुपमा अवरोध पुगेको छ । प्रहरी चौकी बाहुनडाँडाबाट खटिएको टोलीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाल्पा, तानसेन नगरपालिका ८, गौडेपुलनजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सडक आइतबार साँझदेखि अवरोध भएको छ । प्रहरीचौकी प्रभासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठानको सरुमारानी गाउँपालिका ४, पाकुरीखोलास्थित भालुबाङ-रोल्पा खण्डमा आज बिहानदेखि अविरल वर्षाका कारण पहिरो आई सडक पूर्ण रुपमा अवरोध भएको छ । प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिका १९, च्यानगैरास्थित घोराही-रोल्पा होलेरी खण्ड अविरल वर्षाको कारण आज बिहानदेखि पहिरो आई अवरोध भएको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । साभार—बाह्खरी डटकम

फाइल तस्बिर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय