वीरगञ्ज १६ श्रावन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जमा कोरोना नियन्त्रणका लागि संघीय सरकारसँग सहयोग मागेका छन् ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्जमा कोरोना नियन्त्रण तथा रोकथामका लागि बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै संघीय सरकारसँग विभिन्न सहयोग माग गरेका हुन् ।

उनले प्रधानमन्त्रीसँग वीरगञ्ज ५०० शैयाको कोभिड अस्पताल स्थापन गर्न माग गरेका छन् । सांसद् यादवले शुक्रबार प्रधानमन्त्री ओली लेखेको पत्रमा पर्सा, बारा र रौतहट जिल्लाका कोरोना सङ्क्रमितहरुको व्यवस्थापनका निमित्त वीरगञ्जमा ५०० शैयाको कोभिड अस्पताल स्थापना गर्न माग गरेका छन् ।

वीरगञ्जमा ५०० शैयाको कोभिड अस्पताल सञ्चालनकालागि नेसनल मेडिकल कलेज शिक्षक अस्पताल सबैभन्दा उपयुक्त भएकोले त्यहाँ कोभिड अस्पताल स्थापनाका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका सासंद् यादवले वीरगञ्जमा कोरोना महामारीले उत्पन्न भएको स्थितिलाई नियन्त्रण गर्न केन्द्रबाट विज्ञसहितको विशेषज्ञ टोलि पठाउँन समेत पत्र मार्फत माग गरेका छन् ।

उनले वीरगञ्जसहित पर्सा जिल्लामा समुदायस्तरमा कोरोनाको टेस्टिङ बढाउन पर्याप्त साधनस्रोत र स्वास्थ्यकर्मी लगायत जनशक्तिको व्यवस्था गरी परिचालित गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।

सांसद् यादवले वीरगञ्जमा समुदायस्तरमा कोरोना सङ्क्रमण फैली सकेको बताउँदै दु:ख व्यक्त गरेका छन् । ‘केही साताअघि यहाँ सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य बन्न लागेको थियो । यसैविच सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि साचिक्कै कोरोना जितिएकैजस्तो हामी सबैलाई लागेको थियो,’ उनले पत्रमा उल्लेख गरेका छन्, ‘तर सोंचेको जस्तो भएन २ हप्ता नबित्दै वीरगञ्ज क्षेत्रको अवस्था बिकराल बन्न लागेको छ । यसविचमा अहिलेसम्म १० जनाको यहाँ मृत्यु भइसकेको छ । यसमध्ये तीन जना बिहीवार राति मात्र ज्यान गुमाएका हुन ।’

लक्षणसहितको सङ्क्रमितहरुको सङ्ख्यामा वृद्धिसँगै भेन्टिलेटर र अक्सिजनको अभाव भएको बताउँदै उनले चिन्ता व्यक्त गरेका छन् ।

आइसोलेसनको आभावमा कोरोना सङ्क्रमितहरु घरमै बस्न बाध्य हुनु विडम्बना पुर्वक भएको बताउदै उनले सङ्क्रमितहरुका उपचारका लागि तत्काल वीरगञ्जमा सञ्चालित कोभिड अस्पताल र सिफारिस गरिएको
नयाँ कोभिड अस्पताल प्रयाप्त नभएको बताएका छन् ।

‘वीरगञ्जमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र यहाँको एक मात्र ५० सैयाको नारायणी अस्थायि कोभिड अस्पतालमा ठाउँ भरिएर थप सङ्ख्यामा संक्रमित थप्ने अब ठाउँ छैन । वीरगञ्जमामा चिकित्सा क्षेत्रबाट ३० भन्दा बढी संक्रमित भएका कारण यहाँका डाक्टर र स्वास्थ्यकर्मीहरुको मनोबलमा गिरावट आएको छ,’ पत्रमा उल्लेख गरिएको छ, ‘ वीरगञ्जको अर्को एउटा एक सय सैयाको निजी अस्पताललाई कोरोना अस्पताल बनाउने प्रक्रिया सुरु भएपनि त्यसले पनि समस्या समाधान नहुने देखिन्छ । किनकी यि दुई अस्पताल गरेर हामीसँग यहाँ डेढ सय सैया मात्र हुने भएको छ । जबकी अहिले नै एक्टिभ संक्रमितको संख्या सावा २ सयभन्दा नाघि सकेको छ । र, थपिने क्रम जारी छ ।’

सांसद् यादवले वीरगञ्ज कारागारभित्र समेत संक्रमण फैलिसकेको सूचना प्राप्त भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय