बिरगंज ६ भदौ । पर्साको सखुवा प्रसौनी गाउपालिका ६ नं. वडा लखनपुरमा कोभिड-१९ महामारीको कारण ब्लड बैंकमा रक्तको चरम अभावले गर्दा आकास्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ |

रक्तदान गरि गरौ जीवन दान भन्ने मूल नाराका साथ् श्री जन जागरण युवा क्लब लखनपुरको आयोजनामा तथा जिल्ला कृषि सहकारी संघ लि. पर्सा र जय महाबिर कृषि सहकारी संस्था लि. लखनपुरको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् |

बिश्वभर फैलिएको कोरोना-१९ (COVID-19) का कारण मानव जातिमा प्रभाव पार्ने भएकोले रक्त संचार केन्द्रमा रक्तको अभाव हुन् नदिनको लागि स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाई ग्रामिण भेगमा रक्तदान कार्यक्रम गरिएको रक्त संचार केन्द्रका सौरभ राज पाण्डेयले बताए |

श्री जन जागरण युवा क्लब लखनपुरको अध्यक्ष शिव कुमार साहको अध्यक्षता र सखुवा प्रसौनी गाउपालिका ६ नं. वडा लखनपुरका वडा सदस्य धर्मराज साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि युवा नेता मनोज यादव, रामबाबु साह तेली, सिकेन्द्र सहनी र रामचन्द्र साह कानुले रक्तदान गरि सहभागिता जनाएका थिए |

लखनपुरमा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा लखनपुर र एकडेर्वाका स्थानीयवासी, जान प्रतिनिधिले आफु सएस्फुर्त मानव जातिको कल्याणको निमित रक्तदान गरेका हुन् | रक्तदान कार्यक्रममा रक्त संचार केन्द्रका धिरेन्द्र झा, जितेन्द्र महतो, शेखर साह र रामनरेश यादवले सहयोग गरेका हुन । रक्तदान गर्नेमा सोनालाल साह, अमलेस कुमार, लालबहादुर महरा, धिरज कु. यादव, जपाल राउत कम्कर, बिकास कुमार कैलास साह, सबिता देबि, कमरुल नेसा, हमिद मिया, लालचन पटेल, भगवान सहनी, अशोक कु. साह र मन्नु गिरि लगायतले रक्तदान गरेको अध्यक्ष साहले बताए |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय