बीरगंज ८ भदौ ।
नारायणी अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परिक्षणको क्रममा पर्सामा ३४ र बारामा ९३ गरी थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको परिक्षणको क्रममा बारा,पर्साका ७ महिला र ४६ पुरुष संक्रमित देखिएका छन् । नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर निरज सिंहले नया थपिएका संक्रमित हरुमा पर्साका ३४ र बाराका १९ जना रहेको बताउनुभयो । संक्रमित हरु मध्ये अढाई वर्षको बालकदेखि ७२ वर्ष उमेर समुहका रहेका छन् । बाराका १९ जना थप संक्रमित मध्ये अधिकांश जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज क्षेत्रका बासिन्दा रहेका छन् ।त्यसैगरी,पर्साका ३४ जना मध्ये अधिकांश वीरगंज महानगरपालीका वाडा नम्बर १५ भिस्वाका बासिन्दा रहेको नारायणी अस्पतालले जनाएको छ । पर्सामा थप ३४ सहित कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४४ पुगेको छ ।
यसैगरी यता बारामा आज एकैदिन थप ९३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जन स्वास्थ प्रयोगशाला र नारायणीको प्रयोगशालामा गरिएको परीक्षणको सोमबार दिउसो आएको रिपोर्टमा बाराका ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जिल्ला प्रहरी कायाृलय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार २८ महिला र ७७ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । कलैया उपमहानगरपालिकाका ७४ जना र जीतपुरसिमरा उपमहानगरको अमलेखगंजमा १६, बिश्रामपुर गाउँपालिकामा १ र नौसात भनिने टोलमा २ जना गरी ९३ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । थपिएका सङ्क्रमितहरुलाई कलैया तथा जितपुरसिमराको आईसोलेशनमा ल्याउने तयारी सुरु गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । योसँगै बारामा सङ्क्रमितको सङ्ख्या ६८० पुगेकोमा २५२ जना कोरोनालाई जितेर घर फिर्ता आएको उहाँले बताउनुभयो । हालसम्म बारामा कोरोनाबाट ८ जनाले ज्यान गुमाई सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय