बीरगंज ।
नारायणी अस्पतला पिसिआर प्रयोगशाला वीरगंजले बहुप्रतिक्षित मानिएको सिटि साइकल थ्रेसहोल्ड सहितको पिसिआर रिपोर्ट दिन शुरु गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरको सक्रियता एवं पिसिआर ल्याबका प्राविधिकहरुको सहयोगमा सिटिभ्यालुसहितको पिसिआर रिपोर्ट दिनेकार्य भएको हो । वीरगंजमा आफुआएपछि सबैसँग बृहत अन्तरक्र्रिया गरी पिसिआर रिपोर्टमा सिटि भ्यालु उल्लेख गरेर दिदाँ संक्रमितको वर्गिकरण गर्न सहज हुने कुरा उठेपछि मंगलवारदेखि सिटि भ्यालुसहितको रिपोर्ट सार्वजनिक गर्न थालिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।‘सिटि भ्यालुले कुन संक्रमितमा भाइरसको मात्र कस्तो छ,उसले समुदायमा संक्रमण फैलाउन सक्छ कि सक्दैन भन्ने कुराको निक्र्यौल गर्दछ । भारतमा २४ सिटि भ्यालु भन्दा मुनिका संक्रमित भनेको समुदायमा कोरोना फैलाउन सक्ने संक्रमित मानिन्छ । त्यसभन्दा माथिकाले कोरोना फैलाउन नसक्ने बताईएको छ । तर यो तथ्याक भने अहिले पूर्ण रुपमा अध्ययनकै चरणमा रहेकोले कुन रिएजेन्ट र एक्सट्रेक्स किटमा परिक्षण हुन्छ,त्यसमा पनि सिटि भ्यालु भर पर्ने गरेको मेडीकल सुपरीटेण्डेन्ट ठाकुरले बताउनुभयो । यस विषयमा नारायणी अस्पताल प्रयोगशालाकी प्रमुख डा. नीरा पाठकले दक्षजनशक्ति र समयको अभावको कारण पहिले सिटि भ्यालुसहितको रिपोर्ट दिन नसकेकोमा हाल चारैतर्फबाट दबाब बढेपछि सिटिभ्यालु एडेड रिपोर्ट उपलब्ध गराउन थालिएको बताउनुभयो ।
यसैबिच नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो तीन दिनको पिसिआर परिक्षणमा संक्रमितहरुको सख्या लगातार घटदो दरमा देखिएको छ । भदौ ७,८ र ९ र १० गते गरी ४ दिनमा १ हजार ५ सय भन्दाबढिको स्वाब परिक्षण गरिएकोमा १ सय ३२ मा संक्रमण देखिएको प्रयोगशालाको तथ्याँकले देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय