बीरगंज ।
पछिल्लो समय पर्सामा कोरोना संक्रमण नियन्त्रणकालागी चालिएका कदम प्रभाबकारी देखिएको छ । केही दिनयता संक्रमणको दर घट्दै गएको छभने संक्रमित भई अस्पतालमा भर्ना भएका तथा होमआईशोलेशन,सामुदायीक आईशोलेशनमा बसेकाहरु निकोभई घर फर्किनेको संख्या बढ्दै गएको छ ।
हिजो साँझ बीरगंजका दुई वटा कोभिड अस्पताल तथा पोखरीया अस्पतालको आईशोलेशनबाट कोरोना संक्रमण निकोभई १ सय ३ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
गत भदौ १० गते साँझ पनि ६६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए । पर्सामा हाल सम्म ५४७ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
बीरगंजको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल र बीरगंज हेल्थकेयरमा गरी १सय ३१ जना संक्रमित उपचाररत छन् भने होम आइसोलेसनमा ८०४ जना संक्रमित रहेकाछन् । त्यसैगरी बीरगंजमा हालै निर्माण गरिएका सामुदायीक आईशोलेशन सेन्टरहरुमा ३ सय ८३ जना संक्रमितहरुको उपचार भईरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
हाल पर्सामा परिक्षणको दर बढाउदै लगिएको र बिगतको अनुपातमा ठुलो संख्यामा स्वाब संकलन गरी पिसीआर परिक्षण गर्दा समेत संक्रमितहरुको संख्या उल्लेख्य रुपमा घट्दै गएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।
बिहीबार पर्सामा ३ सय ८ वटा स्वाबको नमुना संकलनगरी नारायणी अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० वटा नमुना परिक्षण गर्दा बारा,पर्सा,रौतहटका ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय