राहुल यादव वीरगंज । नारायणी अस्पतालका चिकित्सकहरुको लापरवाहीको कारण एक युवकले अनाहकमा ज्यान गुमाउनु परेको आफन्तजनहरुले आरोप लगाएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बारा सपही वडा नं. ४ निवासी बोधाई चौधरीको २३ वर्षीय छोरा बिक्रम चौधरीको उपचारको लागि आइतबार २१ गते ११ बजे दिनमा नारायणी अस्पतालमा ल्याइयो, बिक्रमको उपचारमा कसैले ध्यान दिएन १२ बजे स्वाब संकलन गरी परिक्षणको लागि पठाइयो ।

त्यही दिन आफै–आफैमा डाक्टरहरुले झै–झगडा समेत गरेकोले परिक्षणको रिपोर्ट समयमा आएन । बिक्रमलाई इमर्जेन्सी वार्ड मै ५ घण्टासम्म राखियो बेलुकी पाँच बजे अवस्था नाजुक हुन थालेपछि आई.सि.यु.मा लगेर भेन्टिलेटरमा राखियो, कोही डाक्टर उपचारको लागि नगएकोले बिक्रमको मृत्यु सोही दिन साँझ ७ बजे भएको कोल्हवी नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र चौधरीले बताउनु भयो ।

पर्सा जिल्लामा चिकित्सकको लापरवाहीले दिनहुँ मान्छे मरिरहँदा कसैले वास्ता नगरेको तर साना–साना आफ्नो स्वार्थको लागि डाक्टरहरुले आफैबीच झगडा गरेको दुई वटा घटनाहरु प्रकाशमा आइसकेको जि.पी. कोईराला फाउण्डेशन पर्साका सचिव धिरज गुप्ता बताउँछन् ।

मृतक बिक्रम चौधरीको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भदौ २२ गते दिएको रिपोर्टमा स्वाब संकलन मिति २३ गते र रिपोर्ट दिएको मिति समेत २३ गते उल्लेख गरि लापरवाहीको चरम नमुना नारायणी अस्पतालले प्रस्तुत गरेको छ ।

मृतकका दाजु अनिल कुमार चौधरीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष एक निवेदन दिई दोषी चिकित्सकमाथि कार्वाही र क्षतिपुर्तीको माग गर्दै सोमबार उजुरी दिएका छन् ।

यस घटनाको सन्दर्भमा नारायणी अस्पतालको प्रवक्ता डा. अतुलेश कुमार चौरसियासँग बुझ्दा उनले अस्पतालबाट कुनै लापरवाही नभएको र मृतकका आफन्तले के भन्छन त्यो आफ्नो चाँसोको विषय नभएको प्रतिक्रिया दिए ।

घटनाको छानबिन गरी दोषीमाथि कारवाही अगाडी बढाउन आफूले पहलकदमी गर्ने प्र.जि.अ. तामाङले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय