बीरगंज ।
चिकित्सकको लापर्बाहीको कारण बारा कोल्हबीका २२ बर्षिय बिक्रम चौधरीको मृत्यु भएको दाबी सहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि नारायणी अस्पतालले घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिती गठन गरेको छ । पिडीत परिवारको माग अनुुसार ३ सदस्यीय छानबिन समिती गठन गरिएको र छानबिन समितीले बुझाउने प्रतिबेदन अनुसार दोषी ठहरीएमा नियमानुसार कार्वाही तथा क्षतिपुर्तीकालागी सम्बन्धित निकायमा सिफारीश गरिने अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर सन्जय कुमार ठाकुरले जानकारी दिनुभयो । यता जिल्ला प्रशासन कार्यालय पर्साले पिडीत परिवारको उजुरीको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई घटनाको छानबिन गर्न सिफारीश गरेको छ । प्रशासनको सिफारीश लगतै नारायणी अस्पतालले छानबिन समिती गठन गरेको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर ठाकुरले बताउनुभयो । स्वास प्रश्वासमा अबरोध भएका युवकको कोरोना संक्रमणको लक्षण देखिएको भन्दै चिकित्सकहरुले उपचार गर्न नमान्दा युवकको ज्यान गएको र मृत्यु पछि उनकोे पिसीआर रिपोर्ट कोरोना नेगेटीभ आएको थियो । पिडीत परिवारले चिकित्सकले लापर्बाही गर्दा युवकको मृत्यु भएको बताउदै उपचार नगर्ने चिकित्सकलाई कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय