वीरगंज १ असोज ।
बिगत केहि दिनदेखी पर्सामा बन्द रहेको तस्करी कार्य पुनः प्रहरी संरक्षणमै पुर्ण रुपले खोलिएको छ ।
पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट हुने गरेको तस्करी अहिले जिल्ला प्रहरी कार्यालय पर्सा देखी सिमामा खटने प्रहरीको आर्शिवाद भएपछि तस्करहरुलाई अहिले चा“दी चा“दी भएको छ । पर्साको सिमावर्ती नाका ईनवा गाउ, छपकैया, अलौ, अमरपट्टि, धोरे, बाट नेपाल र भारत दुबै तर्फ व्यापक रुपमा प्रहरीकै सहयोगले तस्करीका सामान ओसार पोसार भईरहेको पाईएको छ ।
पर्सा जिल्ला संगै टासिएका सिमावर्ती सहर भारतिय बजारबाट तस्करहरुले भारतिय कपडा, रजनीगन्धा पान मसाला, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिकस पार्ट पुर्जा, सर्टिड्ड सुर्टिड्डको कपडा देखी खाद्यान्य सम्मको माल बस्तुहरु सिमामा खटेका प्रहरीहरुको सहयोगले नेपाल तर्फ अवैध रुपले तस्करीगरी ल्याईरहेका छन ।
तस्करहरुले ईनवा गाउको नाकाबाट कपडा, हार्डवेयर खाद्यान्यको तस्करी गरिरहेका छन भने छपकैयाको नाकाबाट मरिच, केराउ, कपडाको व्यापक तस्करी गर्दै आईरहेका छन ।
तस्करहरुले मरिच र केराउ दिउसो वीरगंज बजारबाट खरिदगरी छपकैया नाकासम्म गोदाममा राख्ने गरेका छन । रात परे पछि नेपालबाट भारततर्फ प्रहरीकै सहयोगमा कटाउने गरेका छन ।
त्यसैगरी अलौनाका देखावटीका लागी दिनभर बन्द भएपनि रात परे पछि तस्करहरुको लागी खुल्ला गर्ने गरेको पाईएको छ । तस्करहरुले अलौको नाकाबाट रातभर मरिच र केराउ भारत तर्फ ओसार पोसार गर्ने गरेको र भारत बाट कपडा, रजनीगन्धा पान मसाला, हार्डवेयरको पार्ट पुर्जा नेपालतर्फ भित्रियाउने गरेको स्थानियहरु बताउछन ।

पर्सामा एसपि गंगा पन्त आएदेखि केहि महिना पुर्ण रुपले बन्द रहेको तस्करी एकाएक कसरी सुरु भयो चर्चाको विषय बनेको छ । पर्साको सिमा नाकाबाट एउटा सियो पनि कसैले प्रहरीको ईजाजत बिना ओसार पोसार गर्न नसकने जिप्रका पर्साका एक प्रहरी अधिकृत बताउछन । सिमानाकाबाट तस्करी हुनुमा प्रहरीको मिलिभगत बिना सम्भव नरहेको उनको ठहर छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सिमानाका बाट हुने अवैध चोरी निकासी, राजश्व छलि नियन्त्रण गर्न विभिन्न प्रहरी टोली परिचालन गरेको छ । जिप्रका बाट क्राईमको नाममा सादा पोसाकको टोली परिचालन छ भने, ‘टाईगर टोलीको नाममा ‘‘क्विक रिसपोन्स टिमको’’ टोली परिचालन छ ।
जिल्लाबाट परिचालन भएका यी टोलीहरु पर्साको सिमानाका बाट हुने अवैध चोरी निकासी राजश्व छलि नियन्त्रण गर्न खटाईएको हो तर यी टोलीहरु उलटै तस्करहरु संग साठगाठ गरी आर्थिक प्रलोभनमा परि तस्करीलाई बढावा दिदै आईरहेको, केहि दिन पहिला २ न. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम र टाईगर टोलीमा कार्यरत ४ जना प्रहरीहरुलाई कार्यवाही गरेपछि पुष्टी भएको छ ।
क्राईम शाखा प्रमुख प्रहरी निरिक्षक रवि भुषण यादवको निर्देशनमा क्राईम शाखा पर्सामा कार्यरत प्रहरी हवल्दार खुशीलाल यादव, प्रहरी हवल्दार प्यम्बर अंसारी, प्रहरी जवान नविन पालले ग्रामिण भेगमा काम गर्ने तस्करहरु संग सेटिड्ड मिलाउने र महिनावारी असुल्ने काम गर्दै आईरहेका छन । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेका टाईगर टोलीका ईन्चार्ज प्रहरी हवल्दार देवदत्त कुशवाहाले महानगर भित्रका तस्करहरु संग सेटिड्ड मिलाउने महिनावारी असुल्ने काम गर्दै आईरहेका छन । विगतको दिन भन्दा हाल पर्सामा तस्करी व्यापक भईरहदा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान नदिनु विडम्बनाको विषय बनेको छ । यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय