वीरगंज ३ असोज ।
बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवासमा सम्पन भएको छ । बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको सभापतित्वमा सम्पन कार्यक्रममा आठ वटै जिल्ला मा प्रदेश समितिमा चयन भएका सम्पूर्ण लाइ टीका लगाउदै स्वागत गरेका थिए । उक्त कार्यक्रम लाइ सम्बोधन गर्दै प्रदेश दुई सभापति फिरोज आलमले बीपी कोइराला नेपालका मात्र नभई विश्वकै नेता भएको बताए । विश्वमा नेपाली नेताको चर्चा हुँदा बीपी कोइरालको मात्र हुने गरेको बताए । बीपी कोइरालाको समाजवादले नै गरिब निमुखा जनतालाई समेट्न सक्ने बताए । यसै क्रममा नेपाली कॉंग्रेस हिमाल पहाड तराई सबैको पार्टी भएको कुरा उल्लेख गरे । बीपी कोइरालाले त्यति बेलानै पर्शु नारायण चौधरीलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरेका थिए । कॉंग्रेसले मधेशीको छोरालाई राष्ट्रपति बनाएको कुरा समेत स्मरण गराए । त्यो सोच नेपाली कॉंग्रेसमा हिजो पनि थियो आज पनि छ भोली पनि रहनेछ । मधेशी दलले कालो दिवस मनाउन दिएको निर्देशन नैतिकता बिनाको राजनीति भएको टिप्पणी गरे । उपेन्द्र यादब बारम्बार मधेशी जनतालाई धोका मात्र दिएका छन । त्यहि संविधान टेकेर मन्त्री बन्ने र त्यहि संविधान नमान्ने यो केवल नाटक गरेको आरोप लगाए । त्यसैले नेपाली कॉंग्रेसले मात्र मधेशीको मुदा सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष विकाश तिवारी लगाएत प्रदेश सदस्यहरुको सहभगिता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव रोशन ठाकुरले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय