पर्सा ।
कोरोना पराजित गर्नेलाई समाजमा घुलमिल हुन नागरिक समाजको दायित्व रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले बताउनु भएको छ ।
मध्य नेपाल मिडिया प्रालिले आयोजना गरेको प्रोत्साहन तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाराले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा कोहि कतै संक्रमित हुदैँमा घरमा बस्न नदिने भेदभाव गर्ने जस्ता कामलाई निरुत्साहित गर्न नागरिक समाज लाग्नु पर्ने बताउनु भएको छ ।
मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काको सभापतित्वमा भएको कार्यक्रममा काम गर्ने क्रममा कोरोना संक्रमीत भएर उपचार पश्चात घर फर्किएका सञ्चारकर्मी जियालाल साहलाई सम्मान गरिएको छ ।
पर्सा जिल्लाबाट प्रकाशीत मध्य नेपाल मिडिया प्रा।लि।द्वारा संचालित मध्य नेपाल सन्देश पत्रिका तथा अनलाईनको शुरुवातिदेखी नै काम गर्दै आएका नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य समेत रहेका जियालाल साहलाई प्रोत्साहन स्वरुप ११ हजार १ सय नगद सहित सम्मानं गरीएको हो ।
साह कोरोना संक्रमीत भई आईशोलेशनमा रहदा समेत विगतका दिन झै आफनो कार्यलाई प्रविधिको उच्चतम प्रयोग गरी आफनो जिम्मेवारी बहन गरेका थिए । कोरोनालाई पराजित गरी काममा फर्किनु भएको पत्रकार साहलाई मध्य नेपाल मिडिया प्रा।लि द्वारा सम्मानं गरिएको हो । कोरोनालाई पराजित गरी फर्किनु भएको पत्रकार साहको उच्च मनोबलको कदर गर्दै कोरोना विमा वापतको १ लाखको चेक सहित दोसाला ओढाई सम्मान गरीएको हो ।
सञ्चारकर्मी गीता भण्डारीले सहजिकरण गरेको कार्यक्रममा सञ्चारकर्मी विजय भण्डारी, सुरेश विडारी, प्रणय साह, निलम पन्त लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times