वीरगंज १८ असोज ।
पर्सा जिल्लाको ग्रामीण भेगका नाकाहरुबाट अहिले व्यापक मात्रामा तस्करी भईरहेको पाईएको छ ।
ग्रामिण भेगको जगरनाथपुर गाउपालिकाको सिमा नाकामा रहेको प्रहरी चौकी पाण्डेपुर र जानकीटोलाको प्रहरी चौकी अगाडीबाट दिउसै मटर, मरिच, कपडा, खाद्यान्य भैसी, पाडा—पाडी, डिजल, पेट्रौलको तस्करी भईरहेको स्थानियले जानकारी गराएका छन ।
तस्करहरुले सिमावर्ती भारतिय बजार बाट शर्टिड्ड शुर्टिड्डको कपडा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, हार्डवेयरका पार्टपुर्जा, सेलर ब्राण्ड, खाद्यान्य, खरिद गरी पाण्डेपुर र जानकीटोलाको सिमा नाकामा खटेका प्रहरीलाई प्रलोभनमापारी अवैद्य रुपले नेपाल भित्रियाईरहेका छन ।
त्यसैगरी तस्करहरुले नेपालबाट पाण्डेपुर र जानकीटोलाको नाका प्रयोगगरी, मटर केराउ, मरिच, डिजल, पेट्रौल, चाईनिज स्याउ भारत तर्फ तस्करी गरिरहेका छन । सो नाकाबाट तस्करी गर्ने भारतिय बजार ईनर्वाका व्यापारी महादेव भन्नेले, भैसी पाडा पाडीको तस्करी गर्दै आईरहेका छन भने, बच्चु भन्ने व्यापारीले भारतिय कपडाको तस्करी गर्दै आईरहेका छन, त्यसैगरी अदालत र नविआलम भन्ने व्यापारीहरुले भारतिय कुखुराको चल्लाको तस्करी गर्दै आईरहेका छन ।सिमानाकामा खटेका प्रहरीहरुले खुल्ला सिमानाको भरपुर फाईदा उठाईरहेका छन ।
प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरिक्षक आर्दश खतिवडा र प्रहरी चौकी जानकीटोलाका ईन्चार्ज प्रहरी नायव निरिक्षक सुर्य नारायण चौधरीले लाखौको महिनावारी बुझी तस्करीको लाईन दिएको पाईएको छ ।
प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरिक्षक आर्दश खतिवडा र प्रहरी चौकी जानकिटोलाका ईन्चार्ज प्रहरी नायव निरिक्षक सुर्य नारायण चौधरीले तस्करहरु संग दिनभर उठ बस गरेको कारण सिमानाकालाई तस्करकै जिम्मा दिएको प्रहरी श्रोतको दावी छ ।
सो नाकाबाट भैसीको तस्करी गर्ने महदेव, कुखुराको चल्लाको तस्करी गर्ने अदालत र नवि आलम, कपडाको तस्करी गर्ने बच्चु भन्नेले ई दुवै चौकीका ईन्चार्जहरुलाई आर्थिक नजराना बुझाई निरधक तस्करी कार्य जारी राखेका छन ।
प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले जिल्लामा हुने गरेको भन्सारबाट अवैद्य सामान चोरी पैठारीमा नियन्त्रण गर्ने तर्फ मात्र केन्द्रित हुदा ग्रामिण भेगको सिमा नाकाहरुमा रहेका प्रहरी चौकीका ईन्चार्जहरुको मनोबल बढेको हो । यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times