वीरगंज २१ असोज ।
अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा देशभर समर्थकहरुले विभिन्न कार्यक्रमहरु गरिरहेको बेला गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले पनि उनले उठाएको विषयहरुलाई सम्बोधन गर्ने माग गर्दै प्रदर्शन गरेको छन् । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जमा फाउण्डेशन पर्साले वीरगंज नगर परिक्रमा गरी विर।ेध प्रदर्शन गरेको छ ।
डाक्टर गोविन्द केसीको समर्थमान वीरगञ्जमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरमा ‘डाक्टर केसीको जायज माग पुरा गर, डाक्टर केसीको जीवन रक्षा गर’,लोकतन्त्रमा समेत सत्याग्रहीहरुको आवाज सुनिदैन भने राज्यबाट के आपेक्षा गर्ने भन्ने नारा लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
मेडिकल क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन गर्दै आएका सत्याग्राही प्राध्यापक डाक्टर गाविन्द केसी हाल १९ औं पटक आमरण अनसनमा बसेका छन् । डा केसीको अनसनको आज २४ औं दिन फाउण्डेशन पर्साले सरकारलाई दावाव मुलक कार्यक्रम गरी डा के.सीको समर्थन गरेका छन ।
लोकतान्त्रिक देशमा एक सत्याग्रहीको यसरी अवाज लुकाउनु सरकार लोकतन्त्र विरोधी रहेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको ठम्याई रहेको छ । सरकारले यथासिघ्र डा के.सी का मागहरु सम्बोधन गर्नु पर्ने अध्याक्ष मोहममद सहाबुदिनले बताए ।
मोहम्मद सहाबुदिनको अध्यक्षतामा निस्केको ¥यालीमा,उपाध्यक्ष जय मंगल कापर,सचिव धिरज गुप्ता,सह सचिव मिँन्टु देवि सिर्ह,कोषाध्यक्ष मनोहर साह,सदस्य मनोज राउत कुर्मी, प्रिति सिहं,हरिन्द्र यादव,महबुब अलि,बाबुनन्द प्रसाद पटेल,जितेन्द्र सिंह,दिलिप राज कार्की,नगर अध्यक्ष अकास चौहान,वडा नं ३ का संयोजक सदिप केवट,प्रगति नगर ईकाई समितिका संयोजक सुरेश श्रीवास्तव,महेश पौडेल, भोला पटेल,पप्पु सिहं,दिनानाथ गुप्ता,तराई मधेश समन्वय विभागका सदस्य पुरुषोतम दुबे, कृष्णा ओझा,एजाज हवारी,मुर्तुजा मंसुरी,सिरोज पवरिया,राजा गुप्ता,मुकेश श्रीवास्तव लगायतका व्यतिmको उपस्थिति रहेको थियो ।
भोली विहान ८ बजे देखि बहुदरामाई नगरपालिका वडा ३ मा फाउयडेशन पर्साले निशुल्क आखा शिविरको आयोजना गरेको फाउण्डेशनका सचिव धिरज गुप्ताले जनाएका छन ।