वीरगंज, कार्तिक १ ।
लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पस र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा आज वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विजयादशमीको अवसर पारेर घटस्थापनाको दिन वीरगंजको रानीघाट स्थित आयरा एकेडेमी कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा लायन्स क्लबकी डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजया ओझैया, लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल, सचिव लायन धिरज गुप्ता, आयरा एकेडेमी कलेजका संस्थापक प्रधानाध्यापक मनोज यादव लगायतका रहेका छन् ।लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल र सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक्ट डेपुटि ट्रेजर लायन उमेश साह कानु, एरिया को–चिफ लायन विनय वंशल, रिजन चेयर पर्सन लायन उमेश शर्मा, जोन चेयर पर्सन लायन गुडडी जोशी, रेडक्रस सोसाईटी पर्साका मन्त्री शैलेन्द्र चौरसिया, आयरा एकेडेमीका अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, यात्रा डेली डट कमका अध्यक्ष राम सर्राफ, ग्लोबल आइएमइ बैंक लि. वीरगंज घडीअर्वा शाखाका प्रबन्धक संतोष साह, नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई सभापति मनोज साह लगायतको उल्लेख्य सहभागिता रहेको लायन्स क्लबका डिस्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी पर्साका तर्फबाट जितेन्द्र कुशवाहाको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय