वीरगंज,१२ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेकपा र कांग्रेस पार्टी नितीगत भ्रष्टाचारी भएको आरोप लगाएका छन ।
जनता समाजवादी पार्टी बीरगंज – २७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको कांग्रेस पार्टीले नितीगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका सांसद यादवले वाईड बडि विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउदा समेत हाल सम्म कुनै कार्यवाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको कांग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले यि दुवै ठुला पार्टीहरु नै नितीगत रूपमा हुने भ्रष्टाचारको संरक्षण मा लागेको ठोकुवा गरे । देशमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरूको छानवीन हुन्छ प्रतिवेदन बुझाईन्छ तर कार्यवाही केहि हुदैन यहि कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनले बताए । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निस्चित रहेको बताए। जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका समर्पुण शक्ति हरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने दावी गर्नु भयो । कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरी मोटर यादवको नेतृत्वमा रामदरस यादव ,प्रमोद यादव,अनिल गिरी , नन्दलाल रायभर आसमन यादव, शम्भु यादव र एकतर आलमको नेतृत्व मा रहमत देवान, हिरा देवान जमुदिन मियाँ भोज हवारी हरिनारायण ठाकुर बेलास गोठ नागिन्द्र रायभर तथा नेपाली कांग्रेस परित्याग गरी ईनल यादव ,रामअव्या यादव ,मनाई राय,
अनिल यादव, जयन्पाल साह गोंड,
लालबाबु गिरी साथै कुहडी युथ एकेडमीका रिजवान हवारीको नेतृत्वमा अब्दुल हवारी, असगर हवारी, नुरैन हवारी, अजरोदिन अंसारी लगायत रहेका छन । पार्टी प्रवेश कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, प्रदेश सांसद एवम पर्सा जिल्ला ईन्चार्ज सिंहासन साह कलवार,प्रदेश सासंद जन्नत अंसारी, प्रदेश सासंद भिमा यादव, विरगंज महानगरपालिका प्रमुख विजय कुमार सरावगी, बिन्दवासिनी गाँउपालिका प्रमुख श्रिलाल मोदी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद,बहुदरामाई नगरपालिका वडा न. ५ का वडाअध्यक्ष असलम आलम, युवा नेता गौरी साह लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता विरगंज महानगरपालिका वडा न.२७ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष दयानंद उपाध्यायले गरेका थिए। स्वागत मन्तव्य रोशन यादवले गरेका थिए। कार्यक्रमको सहजीकरण युवा नेता परमा कुमारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय