पर्सा १६ कार्तिक ।
नेपाली काग्रेस पर्साले जनताको गुनासो सुन्न वीरगन्ज महानगर क्षेत्रमा घर दैलो अभियान शुरु गरेको छ । काग्रेस निकट क्षेत्र नम्बर १ ले वीरगन्ज महानगरपालिका क्षेत्रमा घर दैलो कार्यक्रमको अभियान शुरुवात गरेको हो ।
घर घरमा सिहदरबार आएपनी जनताले त्यसको अनुभूति गर्न नसकेको गुनासो बढेपछी जनताको गुनासो सुन्न र समस्या समाधान गर्न घरदैलो कार्यक्रम शुरुवात गरेको क्षेत्रिय सभापती बिजय सरार्फले बताए ।
वीरगन्ज ३० लालपर्सा र प्रसुतीपुरमा आयोजित घर दैलो तथा भेला कार्यक्रममा स्थानीयले जनप्रतिनिधिले बिकास निर्माणको काम नगरेको गुनासो गरेका छन ।
लालपर्साका पुर्व अध्यक्ष नागेन्द्र मण्डलले निर्वाचित जनप्रतिनिधिले बिकासको काम भन्दा बढी प्रचारबाजीमा लागेको गुनासो गरे ।
उनले भने, अहिले गाउघरमा शिक्षा, स्वास्थ, पुर्वाधार बिकास निर्माणको कामपछि परेपनी कार्यकर्ता पाल्ने बाहेक काम नगरेको गुनासो गरे ।
भेलामा स्थानीय बिरेन्द्र यादवले भलुहि खोलामा आएको बाढिका कारण किसानको ५ सय बिघा जग्गा डुवानमा परेपनी यसको उद्दार नगरेको आरोप लगाए ।
अहिले पनि खेत डुवान मै छ, जब सम्म पानी निकास हुदैन तब सम्म धानबाली कटान गर्न सकिँदैन, उनले भने, यदी समयमै पानीको निकास भएन भने, किसानले लाखौको क्षति बेहर्नु पर्छ ।
प्रसुतीपुरमा आयोजित घरदैलो कार्यक्रममा स्थानियले जनप्रतिनिधिले गतिबिधी बारे गुनासो गरेका छन । निर्वाचित सासद, प्रदेश सासद र वडा अध्यक्षले आफ्नो कार्यकर्ताको घर वरीपरि नै बिकास निर्माणको गतिबिधी गर्ने गरेको गुनासो गरे ।
गाउमा अहिले पनि नाला, बिजुली पोल हालिएको छैन । सडक, पानीको पनि राम्रो प्रबन्धक गरिएको छैन, आफ्नै कार्यकर्ताको घर अगाडि केही नाला, सडक बनाउने काम कार्यकर्ता पालने माध्यम बनाएको स्थानियले गुनासो गरे ।
समाजवादी पार्टीका नेताहरु काम कम र प्रचारवादीमा बढी लागेको आरोप पनि स्थानियको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली काग्रेस पर्साका अध्यक्ष अजय दुबेदीले पर्साको मुहार नेपाली काग्रेसले नै परिवर्तन गर्न सक्ने दाबी गरे ।
उनले अहिले नेकपा र जनता समाजवादीले देशको बिकास भन्दा पनि आफ्नो पार्टीका कार्यकर्ता पाल्न राज्यको ढुकुटी कुम्ल्याउने काम मात्र गरि रहेको बताए ।
कार्यक्रममा नेपाली काग्रेसका पुर्व सासद अनिल रुगटाले पार्टीमा फुटेर नभइ जुटेर लागे देखिएको समस्या समाधान हुने बताए ।
तत्काल जनतामा देखिएको समस्या समाधानको लागि संबंधित निकायमा आवश्यक पहल गर्ने यदी पहल गर्दा समस्या समाधान नभए त्यसको बिरोधमा उत्रने चेतावनी समेत दिए ।
पुर्वाधार बिकास भन्दा पनि आफ्नो कार्यकर्ता पाल्नको लागि अनावश्यक रुपमा प्रबेश द्वार निर्माण गर्ने गरेका छन उनले भने, जनतालाइ प्रबेश द्वार नभइ नाला, सडक, स्वास्थ, शिक्षाको आवश्यकता छ त्यसमा जोड दिनु पर्छ ।
क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती बिजय सरार्फको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा काग्रेस नेता रामनारायण कुर्मी, महानगरपालिकाका उपमेयर शान्ती कार्की, वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु, नेता अरबिन्द गुप्ता, अलि हुसैन देवान लगायतको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times